भारतको गर्मी ५० डिग्री पुग्यो

भारतको गर्मी ५० डिग्री पुग्यो


भारतमा गर्मी बढेको छ । यसपटक राजस्थानमा सबैभन्दा गर्मी भएको हो । संचारमाध्यमहरुका अनुसार राजस्थानको चुरुको तापक्रम ५०.३ डिग्री सेल्सियस पुगेको छ ।

सोमबार दिल्लीको तापक्रम ४८ डिग्री सेल्सियस मापन गरिएको मौसम विभागले जनाएको छ । यो गर्मी विगत पाँच वर्षको यताकै उच्च भएको जनाइएको छ ।

यस्तै, दिल्लीमा न्यूनतम तापक्रम नै ३०.२ डिग्री रहेको छ । हरियाणा, चन्डिगढ र दिल्लीका केही क्षेत्रमा मौसम विभागले रेड अलर्ट जारी गरेको छ ।