इरानद्वारा ६ निशानामा एकैपटक प्रत्याक्रमण गर्नसक्ने हतियार सार्वजनिक

इरानद्वारा ६ निशानामा एकैपटक प्रत्याक्रमण गर्नसक्ने हतियार सार्वजनिक


इरानले एकै पटकमा ६ निशानामा प्रहार गर्न सकिने हवाई प्रतिरक्षा प्रणालीलाई एक विशेष कार्यक्रमबीच सार्वजनिक गरेको छ । इरान स्वयमले निर्माण गरेको खोर्डाड–१५ नाम दिइएको उक्त हतियारले विरोधीको लडाकू विमानहरूलाई पत्ता लगाई एकतर्फ १५० किलोमिटरको दुरीमा आक्रमणको निशाना लगाउन सक्ने क्षमता राख्ने बताइएको छ ।

इरानको राज्य सञ्चालित टेलिभिजनलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार इरानको स्वदेशी नयाँ हतियारले विरोधीका लडाकू विमानलाई ड्रोनमार्फत १२० किलोमिटर किलोमिटर टाढासम्म पछ्याउने क्षमता राख्ने दाबी गरिएको छ ।

अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट फिर्ता भई नयाँ प्रतिबन्ध लगाएसँगै इरानले स्वदेशी प्रतिरक्षा प्रणाली (हतियार) को निर्माण गरिरहेको अनुमानहरू गरिँदै आएको छ ।