सांस्कृतिक कार्यक्रममा जाँदा भएको ट्रक दुर्घटनामा १३ को मृत्यु

सांस्कृतिक कार्यक्रममा जाँदा भएको ट्रक दुर्घटनामा १३ को मृत्यु


फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीअरूको मृत्यु भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन् ।

दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए । पहाडी बाटोमा नियन्त्रण गुमाएर सो दुर्घटना भएको हो । कामारिन्स सुर प्रान्तमा शनिबार भएको उक्त दुर्घटनामा अरू दर्जनौँ घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका बालबालिका ४–५ वर्षका रहेका छन् ।

दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । फिलिपिन्समा यस्ता दुर्घटना बेलाबेलामा भइरहने गरेका छन् ।