मलाइकाका बोल्ड तस्बिर अर्जुनलाई ट्याग

मलाइकाका बोल्ड तस्बिर अर्जुनलाई ट्याग


बलिउडकी बोल्ड अभिनेत्री मलाइका अरोडा यतिबेला चर्चाको शिखरमा छिन् । सलमान खानका भाइसँगको लामो वैवाहिक जीवनबाट अलग्गिएर हाल अर्जुन कपुरसँगको प्रेम–सम्बन्धमा रहेकी मलाइका अधबैंसे उमेरमा खिचिएको हट तस्बिरका कारण चर्चामा आएकी हुन् । रातो स्विम सुटमा सुट गरिएका तस्बिरले उनलाई चर्चा र आलोचना दिलाएको छ ।

मलाइकाले हालै सामाजिक सञ्जालमार्फत विकिनी पहिरनमा सेक्सी देखिने निकै हट तस्बिर पोस्ट गरेपछि ती तस्बिर भारइल बन्न पुगेका हुन् भने उनका प्रशंसकहरूले चाहिँ बिकिनीमा सजिएकी मलाइकाको तस्बिरलाई निकै मन पराएका छन् । प्रसंशकहरूले ती तस्बिरहरू अर्जुन कपुरलाई ट्याग गरेर प्रतिक्रियासमेत मागेका छन् ।

मलाइका बेलाबेला आफ्ना यस्तै बोल्ड तस्बिर पोस्ट गरेर चर्चामा रहने गरेकी छिन् । बोल्डनेसकै कारण बलिउडमा चर्चामा रहँदै आएकी मलाइका आइटम डान्सका लागि चर्चित छिन् । हाल सिनेमामा उनको माग कम हुँदै गएपछि चर्चामा आउन उनले आफ्नो सेक्सी शरीरको सहारा लिँदै आएकी छिन् ।