०७५ नेपाली खेलकुदको ‘स्वर्ण वर्ष’ : मन्त्री सुनार

०७५ नेपाली खेलकुदको ‘स्वर्ण वर्ष’ : मन्त्री सुनार


युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले ०७५ साल नेपाली खेलकुदको लागि ‘स्वर्ण वर्ष’ भएको बताएका छन् । मन्त्री सुनारले उक्त कुरा नवनिर्मित कराते एकेडेमीको उद्घाट्न समारोहमा बताएका हुन् ।

०७५ सालमा नेपालले इन्डोनेसियाको राजधानी जकार्तामा सम्पन्न १८औँ एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्नुको साथै एसियाली राष्ट्रहरुमा दोश्रो स्थान हासिल गरेको बताए । त्यस्तै, सीमित स्रोत–साधनका बाबजुद नेपालले दुई दशकमा दोश्रोपटक रजत पदक जितेको स्मरण गराए । ०७५ सालमै आठौं राष्ट्रिय प्रतियोगिताको सफल आयोजनाले गर्दा यो वर्ष नेपाली खेलकुदको स्वर्ण वर्षको रुपमा रहेको मन्त्री सुनारले दाबी गरे ।

आफु खेलकुद मन्त्री पदभार सम्हाल्दा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले ‘स्वर्णकाल–स्वर्णकाल’ भन्दा अनौठो अनुभव हुन्थ्यो, तर अहिले आफुले यो कुराको प्रत्यक्ष अनुभव गर्न पाएको भन्दै ०७५ साल नेपाली खेलकुदको लागि स्वर्ण वर्ष भएको जिकीर उनले गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै पोखरा संचालन हुने पनि मन्त्रीले दाबी गरे ।