जातीय भेदभाव तथा छुवाछुतविरुद्ध उसु प्रतियोगिता

जातीय भेदभाव तथा छुवाछुतविरुद्ध उसु प्रतियोगिता


राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सञ्चालन भएको अन्तरक्वान राष्ट्रिय उसु प्रतियोगिताको युुवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा)ले उद्घाटन गरेका छन् । उक्त प्रतियोगिता जातीय भेदभाव तथा छुवाछ्त उन्मूलन दिवसको उपलक्ष्यमा आयोजना गरिएको हो ।

सो अवसरमा मन्त्री सुनारले जातिय भेदभाव तथा छुवाछुतविरुद्ध खेलकुद प्रभावकारी हुने धारण ब्यक्त गरेका थिए । खेलकुद क्षेत्र जातिय भेदभाव भन्दा माथि छ, यहि सन्देश खेलकुदले देशब्यापी पुऱ्याउने छ मन्त्री सुनारले भने ।

प्रतियोगितामा पुरुष सान्सोमा ९ स्पर्धा रहेका छन् भने महिला सान्सोमा ६ स्पर्धा समावेश गरिएको छ । त्यस्तै थाउलोतर्फ महिला तथा पुरुष दुवैमा ११, ११ स्पर्धा रहेका छन् । प्रतियोगिता जेठ २५ गते सम्म संचालन हुनेछ ।