१३ मंसिर २०७८, सोमबार

पानीको मुहान सुकेपछि अर्ना संरक्षित क्षेत्रमा बोरिङबाट पानी आपूर्ति

  प्रकाशित मिति
२२ जेष्ठ २०७६, बुधबार ०६:४५


चितवन राष्ट्रिय निकुञ्जको अर्ना संरक्षित क्षेत्रको खोलामा खडेरीले पानी सुकेपछि बोरिङबाट पानी आपूर्ति गरिएको छ । पहिलोपटक खडेरीले त्यहाँको खहरे र बाह्रमासे खोला सुकेपछि दुई हप्तादेखि बोरिङमार्फत १२ अर्नालाई चाहिने पानी आपूर्ति गरिएको हो ।

खडेरीकै कारण निकुञ्जको अन्य खोलाका मुहान पनि सुक्दै जाने क्रममा रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । पुरानो पदमपुर क्षेत्रको ३० हेक्टर क्षेत्रफलको विद्युतीय तारबारसहित अर्ना राखिएको ठाउँमा दुई हप्तादेखि जेनेरेटरको सहयोगमा दैनिक तीन घन्टाका दरले पानी खोलामा आपूर्ति गरिएको छ ।

उनका अनुसार पानी घट्दै गएपछि सो खोलाको मुहानदेखि तल्लो भागसम्म सफा पनि गरिएको थियो । सफा गर्दा पनि पानी सुक्ने क्रम नरोकिएपछि अर्नालाई आहाल खेल्न र पानी खान समस्या देखेपछि खोलामा प्लास्टिक बिच्छ्याएर पानी आपूर्ति गर्ने गरिएको छ ।

राप्ती नदीसँग जोडाएर तारबार गरिए खडेरीमा वन्यजन्तुलाई पानी उपभोग गर्न सहज हुने र वर्षातको समयमा अहिलेकै ठाउँमा बस्न सक्ने उनको भनाइ छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डा. बाबुराम लामिछानेले यो क्षेत्रमा दुई खोलामध्ये एउटा खोलामा वर्षाको समयमा पानी हुने गरेको र अर्को खोलामा बाह्रैमास पानी हुने गरेको बताए ।

लामिछानेले बाह्रैमास पानी हुने खोलाको नजिक ०५२ अगाडि पुरानो पदमपुरको गाउँ थियो । गाउँ स्थानान्तरण भएपछि सरसफाइ नभएकाले पानीको सतह तल्लो भागमा गएको हुन सक्ने उनको भनाइ छ ।

निकुञ्जले तीन वर्षअघि कोशीटप्पु र शुक्लाफाँटाबाट अर्ना र बाह्रसिंगे प्रजातिको संख्या विस्तार गर्न यहाँ ल्याएर राखेको थियो ।
rss



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच आइतबार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमै दिउँसो

झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार

गणेशराज वस्ती भारी बोक्ने दाइहिँड्नुहोस् रमाइ-रमाइ !उकालोमा आफ्नै कपाल समाइओह्रालोमा खुट्टा कमाइ-कमाइ !तिम्रो जिन्दगीन बन्धकी न त राजीनामा !त्यसैले त-पातिघारी