१३ मंसिर २०७८, सोमबार

जागरण अभियानले कार्यकर्तामा संवादको थालनी : प्रवक्ता शर्मा

  प्रकाशित मिति
२२ जेष्ठ २०७६, बुधबार ०६:२४


नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताएका छन् । आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले अभियान काङ्ग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताए ।

जागरण अभियानले काङ्ग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उनको भनाइ थियो । उनले भने, ‘काङ्ग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।’ योमार्फत् काङ्ग्रेसले गति लिएको भन्दै उनले थपे, ‘काङ्ग्रेसको गाडी स्टाट भयो । हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो । अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ ।” समग्रमा जागरण अभियान सफल भएको उनले बताए ।

अभियानका क्रममा आम जनतामा नैरास्यता मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्रै गर्न सक्ने दाबी गरे । शर्माले भने, ‘जनतामा अहिले निरासा छाएको छ । यसलाई आशामा बदल्ने काम काङ्ग्रेसले गर्नुपर्छ । यसका लागि हामी निरन्तर लागेका छौँ ।’

पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उनको भनाइ थियो । आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले बताए । तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गतेसम्म हुनेछ ।

फरक प्रसङ्गमा शर्माले मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्छ भने । प्रेस काउन्सिल आफैँले पत्रकारको सहभागितामा आचार संहिता बनाउँछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तस्बिर : रासस नेकपा (एमाल) को अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । एमालेको

भीम रावलद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता नेकपा (एमाले)को सौराहामा जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित

रासस नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।

आरपी उपाध्याय, नवलपरासी नेपाली कांग्रेस पश्चिम नवलपरासीको सभापतिसहित सम्पूर्ण प्यानल नै कांग्रेस सभापति देउवाइतर समूहले जितेको छ । नेपाली कांग्रेसको