देशका निम्ति वामपन्थी कि दक्षिणपन्थी ?





■ देवप्रकाश त्रिपाठी

सबै कम्युनिस्ट वामपन्थी हुन्, तर सबै वामपन्थी कम्युनिस्ट होइनन् । यद्यपि पछिल्लो शताब्दीमा वामपन्थी शब्दको प्रयोग कम्युनिस्टहरूले मात्र गर्न थालेकोले उक्त शब्दमाथि एकप्रकारले कम्युनिस्टहरूको एकाधिकार स्थापित भएको छ । सामान्यतया स्थापित पक्षप्रति आलोचनात्मक दृष्टिकोण राख्नेलाई वामपन्थी भनिने पुरानो अर्थ फेरिएर कम्युनिस्टलाई मात्र वामपन्थी भन्न थालिएको छ । कतिपय मुलुकमा अझै पनि गैरकम्युनिस्ट वामपन्थी समूह क्रियाशील नभएका होइनन्, तर तिनको भूमिका र अस्तित्व चर्चाविहीन बन्दै गएको छ । दक्षिणपन्थी र वामपन्थी शब्दको उत्पत्तिबारे आममानिस जानकार छन् र हामीले यसबारेमा पटकपटक उल्लेख गरेका पनि छौँ । तथापि पुनः स्मरणका निम्ति यहाँ सङ्क्षिप्त चर्चा गर्नु उपयुक्त ठानिएको छ ।

दुई हजार वर्षअघिदेखि नै इजिप्टमा मृत्युपछि मानिसको शवलाई चिहानमा सुरक्षित राख्ने प्रचलन थियो । इसाई र इस्लाम धर्मको उदय हुनुपूर्व नै त्यस्तो परम्परा रहनुको कारण थियो आत्मा र शरीर एउटै हो भन्ने विश्वास । इस्लाम र इसाई धर्मावलम्बीहरूले आत्मा शरीरभन्दा बेग्लै र स्वतन्त्र अस्तित्वमा रहन्छ भन्ने विश्वास गर्दैनन् । रोचक पक्ष के हो भने उल्लिखित दुवै धर्म अस्तित्वमा आउनुअघि नै शरीर र आत्मा अविभक्त रहेको मान्यता स्थापित भइसकेको थियो र, उनीहरूले सोही मान्यतालाई अनुशरण गरिआएका हुन् । शरीर र आत्मा अविभक्त ठानिएकैले मृत्युपछि पनि मानिसको शवलाई चिहानमा सुरक्षित राख्न थालिएको हो ।

प्राचीन मान्यताअनुसार परमेश्वर एक वर्षमा एकपटक धर्ती (चिहान) मा रातको समय पारेर अवतरण गर्नुहुन्छ, चिहानमा रहेका सबैलाई उठाएर आफ्नो अगाडि दुईतर्फ लामबद्ध गराउनुहुन्छ र, त्यसरी लामबद्ध गर्दा पापी अधर्मीहरूलाई आफ्नो बायाँहात (वामपन्थ) तिर तथा धर्मात्माहरूलाई दायाँहात (दक्षिणपन्थ) तर्फ राख्नुहुन्छ । यो पारम्परिक मान्यताबाट इसाई र इस्लाम धर्म मात्र प्रभावित भएन, राजनीतिमा समेत यसको प्रभाव पऱ्यो ।

आधुनिक विश्व राजनीतिमा दक्षिणपन्थी र वामपन्थी शब्दको प्रयोग एकै प्रकारले हुने गरेको भए पनि समृद्ध एवम् सभ्य मुलुक र विपन्न तथा ‘सभ्य हुन बाँकी’ मुलुकहरूमा तिनको ग्रहण (बुझाइ) बेग्लाबेग्लै प्रकारले हुने गर्दछ । अमेरिका, क्यानडा, ब्रिटेन, जर्मनी, डेनमार्कलगायत समृद्ध मुलुकमा वामपन्थीभन्दा दक्षिणपन्थी हुनुमा गौरव गरिन्छ । जो आफ्नो सामाजिक मूल्य–मान्यता, सभ्यता, इतिहास, राष्ट्र, धर्म, संस्कृति र पारम्परिक मूल्य–मान्यताप्रति प्रतिबद्ध छन्, तिनलाई दक्षिणपन्थी भनिन्छ र दक्षिणपन्थी बन्नु उनीहरूका निम्ति गौरवको विषय हो ।

फ्रान्स र बेलायतका राजाहरूले आफूप्रति आलोचनात्मक दृष्टिकोण राख्ने, नकारात्मक सोच ज्यादा भएकाहरूलाई सभा (संसद्) मा आफ्नो बायाँहाततर्फ तथा सकारात्मक सोच भएको र अलिक सभ्य व्यवहार गर्नेहरूलाई दायाँहाततर्फ बसाएर छलफल गर्ने परम्परा बसाएका हुन् । फ्रान्स र ब्रिटेनको सभा (संसद्) बाट शुरु भएको दक्षिणपन्थी (Rightist) र वामपन्थी (Leftist) शब्द विश्व राजनीतिमा व्यापक प्रयोग हुँदै आएको छ र समयक्रमसँगै यी शब्दहरूको अर्थ पनि विस्तार हुँदै गएको छ । आधुनिक विश्व राजनीतिमा दक्षिणपन्थी र वामपन्थी शब्दको प्रयोग एकै प्रकारले हुने गरेको भए पनि समृद्ध एवम् सभ्य मुलुक र विपन्न तथा ‘सभ्य हुन बाँकी’ मुलुकहरूमा तिनको ग्रहण (बुझाइ) बेग्लाबेग्लै प्रकारले हुने गर्दछ । अमेरिका, क्यानडा, ब्रिटेन, जर्मनी, डेनमार्कलगायत समृद्ध मुलुकमा वामपन्थीभन्दा दक्षिणपन्थी हुनुमा गौरव गरिन्छ । जो आफ्नो सामाजिक मूल्य–मान्यता, सभ्यता, इतिहास, राष्ट्र, धर्म, संस्कृति र पारम्परिक मूल्य–मान्यताप्रति प्रतिबद्ध छन्, तिनलाई दक्षिणपन्थी भनिन्छ र दक्षिणपन्थी बन्नु उनीहरूका निम्ति गौरवको विषय हो ।

अमेरिकामा रिपब्लिकन पार्टी र बेलायतमा कन्जर्भेटिभ पार्टी त्यस्ता उदाहरण हुन् जो दक्षिणपन्थी भएकोमा गौरवान्वित छन् । उनीहरू सामाजिक मूल्य–मान्यता कायम राख्न चाहन्छन्, आफ्नो राष्ट्र, धर्म, परिवार र परम्परा संरक्षणको पक्षमा उभिन्छन् । त्यसैले उनीहरूबाट समलिङ्गी विवाह र भ्रुणहत्यालगायतका विषयमा अनुदारवादी दृष्टिकोण प्रस्तुत हुने गर्दछ । अमेरिकाको रिपब्लिकन र बेलायतको कन्जर्भेटिभजस्ता दलका उम्मेदवार आफू सच्चा परम्परावादी (Real conservative) भएको दाबी गर्दै मतदाताको ध्यानाकर्षित गर्ने प्रयास गरिरहेका हुन्छन् । तर, हाम्रोजस्तो आर्थिक तथा चैतन्य दृष्टिले विपन्न मुलुकमा दक्षिणपन्थी शब्दलाई गालीका रूपमा या नकारात्मक अर्थमा लिइन्छ । केवल सङ्घर्ष, क्रान्ति र विद्रोहका कुरा मात्र गर्ने कम्युनिस्ट प्रभावित मुलुकमा दक्षिणपन्थीहरूलाई हेयका दृष्टिले हेर्ने गरिन्छ । त्यसैले, जो विचार, नीति र सिद्धान्तले दक्षिणपन्थी हुन्, तिनले पनि आफूलाई दक्षिणपन्थीका रूपमा परिचय दिन सङ्कोच मानिरहेका हुन्छन् । कम्युनिस्ट वामपन्थी बन्नुभन्दा दक्षिणपन्थी बन्नु ज्यादा गौरवको विषय हो भन्ने जानकारीको अभावले पनि कैयन मानिस आफूलाई दक्षिणपन्थीको रूपमा चिनाउन हिचकिचाउँछन् ।

कम्युनिस्टहरू समय, परिस्थिति र आवश्यकताअनुरूप आफ्नो रूप बदलिरहन्छन् । कुनै पनि प्रकारको कठोर निरङ्कुश राज्य व्यवस्था छ भने त्यहाँ उनीहरू खाँटी प्रजातन्त्रवादीका रूपमा देखापर्छन् । प्रजातन्त्र स्थापना भइसकेका मुलुकमा उनीहरू वामपन्थी, क्रान्तिकारी र ‘जनवादी’ शक्तिका रूपमा देखिन थाल्छन् । जब गणतन्त्रात्मक जनवाद स्थापना भएको विश्वास कम्युनिस्टलाई हुन्छ, त्यसपछि उनीहरू समाजवादी आवरणमा प्रकट हुने गर्दछन् र आफूहरू समाजवाद स्थापना गर्न अग्रसर रहेको बताउन थाल्छन् । सङ्घीयतासहितको गणतन्त्रात्मक व्यवस्था स्थापना गरिसकेपछि नेपालका कम्युनिस्टहरूले पनि समाजवाद स्थापनाको कुरा गर्न थालेका छन् ।

वास्तवमा संसारमा दक्षिणपन्थीहरू मात्र देशभक्त र राष्ट्रवादी हुन सक्छन् । कम्युनिस्ट वामपन्थीहरूको प्रमुख लक्ष्य साम्यवादको स्थापना हो, जहाँ देशहरूको अस्तित्व हुँदैन, राज्यहरू विघटित हुन्छन् । जसको अन्तिम उद्देश्य नै राज्यहरूको विघटन र देशहरूको अस्तित्व नास गर्नु हो, उनीहरू कसरी सच्चा देशभक्त र राष्ट्रवादी हुन सक्छन् ? कम्युनिस्टहरू समय, परिस्थिति र आवश्यकताअनुरूप आफ्नो रूप बदलिरहन्छन् । कुनै पनि प्रकारको कठोर निरङ्कुश राज्य व्यवस्था छ भने त्यहाँ उनीहरू खाँटी प्रजातन्त्रवादीका रूपमा देखापर्छन् । प्रजातन्त्र स्थापना भइसकेका मुलुकमा उनीहरू वामपन्थी, क्रान्तिकारी र ‘जनवादी’ शक्तिका रूपमा देखिन थाल्छन् । जब गणतन्त्रात्मक जनवाद स्थापना भएको विश्वास कम्युनिस्टलाई हुन्छ, त्यसपछि उनीहरू समाजवादी आवरणमा प्रकट हुने गर्दछन् र आफूहरू समाजवाद स्थापना गर्न अग्रसर रहेको बताउन थाल्छन् । सङ्घीयतासहितको गणतन्त्रात्मक व्यवस्था स्थापना गरिसकेपछि नेपालका कम्युनिस्टहरूले पनि समाजवाद स्थापनाको कुरा गर्न थालेका छन् ।

वास्तवमा समाजवाद कुनै राजनीतिक प्रणाली होइन, यो एउटा आर्थिक कार्यक्रम मात्र हो, विपन्न वर्गलाई अगाडि बढाउन विशेष सहयोग पुऱ्याउने अवधारणा नै समाजवाद हो । तर, कम्युनिस्टहरूले भन्ने गरेको समाजवादचाहिँ शुद्ध राजनीतिक विषय हो । कम्युनिस्ट पार्टीको एकदलीय अधिनायकत्वसहित उत्पादनका साधन, स्रोत र उत्पादकत्वमाथि राज्यको सम्पूर्ण नियन्त्रण रहने व्यवस्था नै कम्युनिस्टले खोजेको समाजवाद हो, जुन व्यवस्था स्थापना गर्न नेपालका कम्युनिस्टहरू अग्रसर भएजस्तो देखिएका छन् ।

कम्युनिस्टको समाजवाद कदाचित स्थापित भएमा नागरिकले आफ्नो सम्पत्ति र राजनीतिक अधिकार मात्र कम्युनिस्ट राज्यलाई सुम्पने होइन सम्पूर्ण स्वतन्त्रता नै उनीहरूको जिम्मा लगाउनुपर्ने हुन्छ । राज्य विलोपका सिद्धान्त सम्बन्धमा लेनिनले लेखेका पुस्तकहरूमा ‘कम्युनिस्टले जसरी भए पनि राज्यसत्ता प्राप्त गर्नुपर्छ र प्राप्त सत्तालाई राज्य विघटनको अवस्था नबनुन्जेलसम्म छोड्नुहुँदैन’ भन्ने व्यहोरा स्पष्ट रूपमा उल्लिखित छ । देश या राष्ट्रको पक्षमा नरहेको उनीहरू हरतरहले बताउँदै छन्, धर्तीमा राज्यहरूको अस्तित्व मेट्ने तिनका दस्तावेज यत्रतत्र भेटिन्छन् । तथ्यहरूले दक्षिणपन्थीहरू मात्र देशभक्त र राष्ट्रवादी हुन्छन् भन्ने पुष्टि गरिरहेको छ । देशभक्त तथा राष्ट्रवादीहरू सधैँ दक्षिणपन्थी हुन् र दक्षिणपन्थीहरू मात्र देशभक्त हुन्छन् भन्ने तथ्यबोध नभएका कारण बुझाइमा समस्या उत्पन्न भएका हुन् ।

सप्ताह लगाएर धर्मनिरपेक्षताको निम्ति चलाइने आन्दोलनको खर्च जुटाउने गरिएका हुनाले कम्युनिस्ट वामपन्थीबारे कैयन मानिस भ्रमित भएका हुन्छन् । वास्तवमा आफ्नो धर्म, संस्कृति, परम्परा, सामाजिक मूल्य–मान्यता, सभ्यता र इतिहास रक्षाका पक्षमा कोही रहन्छन् भने ती दक्षिणपन्थीहरू मात्र हुन् ।

त्यस्तै आफ्नो धर्म, परम्परा, संस्कृति, सभ्यता र इतिहास संरक्षणको पक्षमा पनि केवल दक्षिणपन्थीहरू मात्र उभिन सक्छन् । कम्युनिस्ट वामपन्थीहरू प्रचतिल धर्मका साथ पारम्परिक सामाजिक मूल्यमान्यताहरू नास गरेर कम्युनिस्ट संस्कृति स्थापना गर्न चाहन्छन्, यो उनीहरूको सिद्धान्त, विचार र कर्याक्रमभित्र परेको सामान्य विषय हो । सप्ताह लगाएर धर्मनिरपेक्षताको निम्ति चलाइने आन्दोलनको खर्च जुटाउने गरिएका हुनाले कम्युनिस्ट वामपन्थीबारे कैयन मानिस भ्रमित भएका हुन्छन् । वास्तवमा आफ्नो धर्म, संस्कृति, परम्परा, सामाजिक मूल्य–मान्यता, सभ्यता र इतिहास रक्षाका पक्षमा कोही रहन्छन् भने ती दक्षिणपन्थीहरू मात्र हुन् ।

दक्षिणपन्थीहरू सधैँ नागरिक स्वतन्त्रता र मानवअधिकारका पक्षमा दृढतापूर्वक उभिएका हुन्छन् । सम्पत्ति आर्जन गर्ने, सम्पत्तिको संरक्षण गर्ने र त्यसको न्यायोचित वितरण गर्ने विचार पनि केवल दक्षिणपन्थीहरूले मात्र अङ्गीकार गरेका हुन्छन् । हो, कतिपय अवस्थामा अतिवामपन्थी विचार उत्पन्न भएझैँ अति दक्षिणपन्थी सोच पनि प्रादुर्भाव हुन सक्छ । सृष्टि एउटा सन्तुलनको अवस्थाबाट सुचारु भइरहेको छ र ‘अति’ले असन्तुलनको अवस्था पैदा गर्न सक्छ । शास्त्रले ‘अति सर्वत्र वर्जियती’ भन्नुको कारण पनि यही हुनुपर्छ । तर, देशको सीमा, इतिहास, सभ्यता, धर्म, संस्कृति, परम्परा, नागरिक स्वतन्त्रता, सम्पत्ति आर्जन र संरक्षणको अधिकार, राष्ट्र, राष्ट्रियता, मानव अधिकार तथा स्वदेशको हितका पक्षमा स्थायी रूपले प्रतिबद्ध रहने कोही हुन्छन् भने ती दक्षिणपन्थी मात्र हुन्छन् भन्नेचाहिँ हामीले भुल्नुहुँदैन ।

आजको विश्वमा भ्लादिमिर पुटिन, डोनाल्ड ट्रम्प र नरेन्द्र मोदी मात्र दक्षिणपन्थी होइनन्, कम्युनिस्ट अधिनायकवाद कायम रहेको चीनका सी जिन पिङ पनि साम्यवादी दृष्टिमा दक्षिणपन्थी हुन् । दक्षिण कोरिया बनाउने पार्क चुङ ही, सिङ्गापुर बनाउने ली क्वान यु, मलेसिया बनाउने महाथीर मोहम्मद र ओरालो लागेको बेलायती अर्थतन्त्रलाई माथि उठाउने मार्गरेट थ्याचर सबै दक्षिणपन्थी हुन् । आधुनिक चीनका ‘आर्किटेक्ट’ भनिने देङ सियाओ पिङले पनि दक्षिणपन्थीको आरोप नमेटीकन मृत्युवरण गरेका हुन् । साम्यवाद स्थापना गर्नु र स्वर्ग पुग्नु उस्तै कुरा हुन सक्छन्, मानिसले सुखद कल्पना गरेर कल्पनामै जुन अवस्थामा पनि पुग्न सक्छन् । तर, यथार्थवादी हुने हो भने दक्षिणपन्थी बन्नैपर्छ, दक्षिणपन्थी हुनुमा गौरव गर्नुपर्ने अनेकौँ कारण छन् ।

प्रतिक्रिया