गुल्मी सेवा समाज ओमानद्वारा आर्थिक सहयोग

गुल्मी सेवा समाज ओमानद्वारा आर्थिक सहयोग


  • आरके श्रीवास्तव, ओमान

गुल्मी सेवा समाज ओमानले ओमानमा असामायिक निधन भएका नीरबहादुर रायमाझीको परिवारलाई आर्थिक सहयोग रकम पठाएको छ । गत १३ मार्च २०१९ का दिन निधन भएका गुल्मी इस्मा गाउँपालिका २ राताडाँडा स्थायी घर भएका रायमाझीलाई समाजले १ लाख २१ हजार ३ सय आर्थिक सहयोग गरेको हो ।

विगत ८ वर्ष देखि ओमानको राजधानी मस्कटस्थित दार्साइटमा रहेको अलाफी रेस्टुरेन्टमा काम गर्दै आएका रायमाझीको परिवारको स्थिति निकै नाजुक भएको बुझेपछि उनकी श्रीमती र दुई साना छोराहरुको भविष्यको लागि केही मद्दत पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको समाजले जनाएको छ ।

गुल्मी सेवा समाजका साथै ओमानमा रहेका पेङाली दाजुभाइ दिदिबहिनीको प्रयासमा संयुक्त रुपले संकलित रकम उपलब्ध गराईएको गुल्मी सेवा समाज ओमानले जनाएको छ।

संकलित रकम समाजका वरिष्ठ उपाध्यक्ष सुर्य पन्थीले मृतकको घरसम्म पुर्याउन समाजलाई सहयोग गरेका थिए । सहयोग रकम पाएपछि मृतककी श्रीमती मनिषा रायमाझीले सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको गुल्मी सेवा समाज ओमानका अध्यक्ष दुर्गा प्रसाद ढकालले जानकारी दिए ।