यिनको हारबाट भारतका जनता खुसी !

यिनको हारबाट भारतका जनता खुसी !


हालै सम्पन्न भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी र भाजपाको विजयले भारतीय जनतामा जुन खुसी र उमङ्ग पैदा गरेको छ, केही नेताहरूको पराजयले पनि त्यहाँका जनतामा अधिक सन्तुष्टि दिएको पाइएको छ ।

विभिन्न चालीस उम्मेदवारको पराजयलाई त्यहाँ अत्यन्त खुसीको विषय मानिएको छ । यसरी पराजित भएर भारतीय जनतालाई ‘खुसी दिनेहरूमा’ कन्हैया कुमार, दिग्विजय सिंह, शत्रुघ्न सिन्हा, शरद यादव, राज बब्बर, राहुल गान्धी, जितिन प्रसाद, सलमान खुर्सिद, मेहबुबा मुफ्ती, शिवु सोरेन, हरिश रावत, मिस भारती रहेका छन् ।

यस्तै, शिला दीक्षित, अजय माकेन, डिम्पल यादव, रघुवंश प्रसाद, कुमारी शैलजा, मल्लिकार्जुन खार्गे, ज्योतिराजे सिन्धिया, प्रिया दत्त, मिलिन्द देउरा, सुशीलकुमार सिन्धे, मिरा किमार, एचडी देवेगौडा, वैभव गेहलत, मानवेन्द्र सिंह, शिवपाल यादव, डिम्पल यादव, आरपीएन सिंह, सुबोधकान्त सहाय, रेणुका चौधरी, उपेन्द्र कुसवाह, सञ्जय निरूपम, अशोक चावन, भूपेन्द्र हुदा, दीपेन्द्र हुदा, कीर्ति आजाद, इमरान मसुद, अजित सिंह र निखिल कुमारस्वामीको हारमा जनताले सन्तोष मानेका छन् ।

कङ्ग्रेस अध्यक्ष राहुल गान्धी उनको परिवारको पकड मानिने अमेठीबाट पराजित हुनुलाई ठूलो घटना मानिएको छ भने भारतको प्रधानमन्त्री भइसकेका एचडी देवेगौडाको पराजयले उनको राजनीतिक भविष्यमा पूर्णविराम लगाइदिएको ठानिन्छ ।