सगरमाथा आरोही प्रथम ओमानी महिलालाई यसरी गरियो स्वागत

सगरमाथा आरोही प्रथम ओमानी महिलालाई यसरी गरियो स्वागत


  • आरके श्रीवास्तव, ओमान

विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम ओमानी महिलालाई ओमानमा नेपाली राजदूतावासद्वारा स्वागत र सम्मान गरिएको छ ।

सगरमाथा शिखर आरोहण गरी नेपालबाट ओमान आइपुगेकी नादिरा अल हर्थीलाई ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले एयरपोर्टमै पुगेर स्वागत गरेकी हुन् । राजदूत ढकालले विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेकोमा बधाईका साथै धन्यवाद दिइन् ।

राजदुत ढकालले आफ्ना श्रीमान् विमल ढकालसहित मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भई नादिरालाई स्वागत गरेकी हुन् ।

ज्ञातव्य छ, २३ मे २०१९ का दिन नादिरा अल हर्थीले सर्वोच्च शिखर सगरमाथा अरोहण गर्ने प्रथम ओमानी महिलाको रूपमा आफनो नाम दर्ज गराएकी हुन् । राजदूत ढकालले हार्थिलाई नेपाली ढाकाको टोपी र ढाकाकै खास्टो ओढाएर विशिष्ठ कक्षमा सम्मान गर्दा नादिराले खुशी प्रकट गरिन् ।