बलिउड अभिनेता अजय देवगनलाई पितृशोक

बलिउड अभिनेता अजय देवगनलाई पितृशोक


बलिउड अभिनेता अजय देवगनलाई पितृशोक परेको छ । अजयका पिता वीरु देवगनको आज (सोमबार) निधन भएको छ । वरिष्ठ द्वन्द्व–निर्देशकसमेत रहेका वीरु पछिल्लो केही समययता स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको सोमबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बलिउड चलचित्रका पुराना द्वन्द्व–निर्देशक बीरुले ८० वटाभन्दा बढी चलचित्रमा द्वन्द्व–निर्देशनको काम गरेका छन् जसमा चलचित्र दिल्वाले (१९९४), हिम्मतवाला (१९८३) र सेहेन्साह (१९८८) सुपरहिट भएका थिए ।

उनले १९९९ मा निर्देशन गरेको चलचित्र ‘हिन्दुस्तान कि कसम’मा आफ्नै छोरा अजय देवगन र अमिताभ बच्चनलाई अभिनय गराएका थिए ।

वीरु देवगनका पत्नी वीणा, छोराहरू अभिनेता अजय र निर्देशक अनिलका साथै एक छोरी रहेका छन् ।