आकासेपुलबाट हाम फालेर आत्महत्या

आकासेपुलबाट हाम फालेर आत्महत्या


ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालअगाडिको आकासेपुलबाट हाम फालेर बिहीबार एक व्यक्तिले आत्महत्या गरेका छन् । बिहीबार बिहान पूर्व ब्रिटस आर्मी कीर्तिमान राईले आकासेपुलबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

ताप्लेजुङको हाङपाङ घर भएका ६० वर्षीय राईले बिहान अन्दाजी ६ बजे सो पसलबाट हाम फालेका हुन् । पुलबाट हाम फालेर घाइते बनेका राईको उपचारको क्रममा बी एन्ड बी अस्पतालमा मृत्यु भएको हो ।