टिपरले ठक्कर दिँदा बस्नेतको मृत्यु

टिपरले ठक्कर दिँदा बस्नेतको मृत्यु


मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा टिपरको ठक्करबाट बिहीबार दिउँसो एकजनाको मृत्यु भएको छ ।

बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को.१ख ४३५५ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको को.५प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार टिपर र त्यसका चालक धनुषाका ३१ वर्षीय राजकुमार मगरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरिएको छ ।