ब्राजिलको बारमा गोली चल्दा ११ को मृत्यु

ब्राजिलको बारमा गोली चल्दा ११ को मृत्यु


ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।

स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरू एकजना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार अपराह्न ४ बजे सातजना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए । हत्या भएकामा ६ महिला र पाँच पुरुष छन् ।

प्रहरीले एकजना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ । गोली चलाउने अरूहरू भने फरार छन् । घाइतेलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको छ । गोली चलाउनुको कारण भने अझै खुलेको छैन । प्रहरीले उक्त घटनाको छानबिन थालेको जनाएको छ ।