छैटौं पटक मेस्सीलाई पिचिची अवार्ड

छैटौं पटक मेस्सीलाई पिचिची अवार्ड


छैटौं पटक अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीले पिचिची अवार्ड हात पारेका छन् । स्पेनिश क्लब बार्सिलोनाका कप्तान मेस्सीले स्पेनिश ला लिगामा यस सिजन सर्वा्धिक गोलकर्ता बन्दै पिचिची अवार्ड जितेका हुन् ।

उनले आइतबार राति भएको सिजनको अन्तिम खेलमा आइबरविरुद्ध दुई गोल गरेका थिए । योसंगै मेस्सीले यस सिजन सबैखाले प्रतियोगितामा ५० औं गोलसमेत पूरा गरे । यस सिजनमा मेस्सीले ला लिगामा ३६ गोल गरे ।

६६ वर्षअघि मेस्सीले एट्लेटिको मड्रिडका लिजेण्ड टेल्मो जाराले बनाएको कीर्तिमान बराबरी गरेका हुन् । जाराले पनि ६ पटक यो उपाधि जितेका थिए ।