चितुवाको छाला बरामद

चितुवाको छाला बरामद


दोलखामा सशस्त्र प्रहरीको टोलीले दुर्लभ वन्यजन्तु चितुवाको छाला बरामद गरेको छ । सशस्त्र प्रहरी बल १८ नम्बर गुल्मको टोलीले तामाकोसी गाउँपालिका–५ किर्नेबाट चितुवाको छाला बरामद गरेको हो ।

बरामद गरिएको छाला साढे पाँच फिट लामो रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा जाँदा सामान बोक्ने व्यक्ति प्रहरी देखेपछि भागेका प्रहरीले जनाएको छ । छाला आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ ।