परीक्षामा अनुत्तीर्ण गराएको भन्दै नगरपालिकामा तालाबन्दी

परीक्षामा अनुत्तीर्ण गराएको भन्दै नगरपालिकामा तालाबन्दी


नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आइतबार बिहान तालाबन्दी गरेका छन् ।

छनोट प्रक्रियाविपरीत अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । यसै विषयलाई लिएर शुक्रबारसमेत कार्यालयमा तालाबन्दी गरेका स्थानीयवासीले पुनः आइतबार बिहान तालाबन्दी गरेका छन् । स्थानीयवासीले लगाएको ताला प्रहरीले शुक्रबार बल प्रयोग गरेर खुलाएको थियो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विधि र प्रक्रिया पु¥याएरै नगर प्रहरी छनोट गरिएको बताए । परीक्षामा नाम ननिस्किएपछि धाँधली भयो भन्नु गलत रहेको उनको भनाइ छ ।