ड्युटीमै बेहोस भएर ढलेका सैनिक जवानको मृत्यु

ड्युटीमै बेहोस भएर ढलेका सैनिक जवानको मृत्यु


पर्सामा सुरक्षाका लागि खटिएका एक सैनिक जवानको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएका नेपाली सेनाको बारादल गणमा कार्यरत सैनिक जवान देवीराम जैसीको ड्युटीकै क्रममा मृत्यु भएको छ ।

ड्युटीमा रहेका बेला जैशी बेहोस भएर ढलेका थिए । २८ वर्षीय जैसीको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो । शनिबार राति १२ बजेदेखि ३ बजेसम्मका लागि ड्युटीमा खटिएका जैसी ड्युटीमै रहेका बेला बेहोस भएर ढलेका थिए ।

बेहोस भएर ढलेलगत्तै उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । जैसीको शव अहिले वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको बताइएको छ ।