पूर्व श्री ५ ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाँदै

पूर्व श्री ५ ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाँदै


पूर्व श्री ५ ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाँदै हुनुहुन्छ । उहाँ पूर्व महारानी कोलमराज्यक्ष्मी शाहका साथ थाइल्याण्डको बैंककतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

नातिनी पूर्णिकाको ग्रयाजुएसन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा पूर्व श्री ५ र पूर्व महारानी त्यसतर्फ जान लाग्नुभएको हो । साथमा पूर्वयुवराज्ञी हिमानी र अन्य सदस्य पनि साथमा रहने छन् ।

आज दिउँसो १ बजे उनीहरु थाइएयरको विमानमार्फत त्यसतर्फ लाग्ने बुझिएको छ । पूर्वराजपरिवार दुई सातासम्म बैंककमै रहने बुझिएको छ । उक्त समयमा केही राजनीतिक भेटघाटसमेत हुने स्रोतको दावी छ ।