भारतमा अन्तिम चरणको मतदान, भाजपाले बहुमत प्राप्त गर्ने अनुमान

भारतमा अन्तिम चरणको मतदान, भाजपाले बहुमत प्राप्त गर्ने अनुमान


आइतबार बिहानैदेखि भारतमा लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको मतदान सुरुभएको छ । आठ राज्यका ५९ सिटमा मतदान भइरहेको हो ।

निर्बाचनमा भारतीय प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी समेत चुनावी मैदानमा छन् । मोदीसहित ९ सय १८ जना चुनावी मैदानमा आ–आफ्नो भाग्य खोजिरहेका छन् । ५९ सिटमा पंजाब राज्यबाट १३, हिमांचल प्रदेशबाट ४, उत्तरप्रदेशबाट १३, बिहारबाट ८, पश्चिम बंगालबाट ९, मध्यप्रदेशबाट ८, झारखण्डबाट ३ तथा चन्डिगढबाट १ सिटमा चुनाव भइरहेको हो । यसअघि ६ चरणमा ५ सय ४३ मध्ये ४ सय ८३ सिटका लागि मतदान भइसकेको छ ।

मोदीसहित हालै काँग्रेस प्रवेश गरेका बलिउड अभिनेता शत्रुघन सिन्हा, केन्द्रीय मन्त्री रविशंकर प्रसाद, अनुराग ठाकुर, भोजपुरी अभिनेता रविकिशन, बलिउड अभिनेता सनी देओल, हरसिमरत कौर लगायतका उम्मेदवार मैदानमा छन् । भारतमा यसपटक पनि भाजपाले बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ । २३ तारिखदेखि मतगणना सुरु गरिने बताइएको छ ।