त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते


झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबहाक बस धादिङमा दुर्घटनामा परेको छ । आज बिहान ६ बजेको आसपास बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए । उनका अनुसार ना ७ ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ जरेखेतनजिक बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । बसको केही भाग नदीमा डुबेको छ ।

प्रहरीकाअनुसार मृतकमध्ये २ जना महिला, २ जना पुरुष रहेका छन् । एक जनाको शव भने पानीमै रहेकाले निकाल्ने प्रयास भइरहेको बताइएको छ ।

घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।