आजको पञ्चाङ्ग एवम् राशिफल (५ जेष्ठ २०७६ आइतबार, १९ मे २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ जेष्ठ २०७६ आइतबार, १९ मे २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ ग्रीष्म ऋतु वि.सं. २०७६ ज्येष्ठ ५ गते तद्अनुसार सन् २०१९ मे १९तारिख आइतबार ज्येष्ठ कृष्णपक्ष प्रतिपदा तिथि अनुराधा नक्षत्र परिघ योग १४ः०२ः४० पर शिव योग बालब करण १४ः३४ पर तैतिल करण आनन्दादिमा मृत्यु योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १८ः४७ मा हुनेछ । शुभ समय अभिजित ११ः३३ देखि १२ः२८ । राहु काल १७ः४देखि १८ः४८ दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – हांसविलास, भ्रमण आदिमा रुचि बढ्ला । खेलकूदप्रति आकर्षण होला । स्वास्थ्य र चोटपटकप्रति सचेत रहनुपर्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित होला । शारीरिक र आर्थिक कार्यमा जोखिम लिनु उचित नहोला । विवादमा नपरियोस् भनेर ध्यानमा राख्नुपर्ला । अरुको भर पर्नु उचित हुनेछैन । नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला ।

बृष राशि – अन्न धन बढ्नेछ । लेखन प्रकाशन बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । यात्रा हुनेछ । साथीभाइको साथ मिल्नेछ । आय वृद्धि होला । दैनिक कार्य राम्ररी चल्नेछ । उधारो लगाइएको पैसा उठ्ला । इच्छा पूरा होला । मिठो भोजन मिल्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ ।

मिथुन राशि – कार्यमा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ मिल्ला । यश बर्चश्वमा वृद्धि हुनेछ । धन यश मान महत्व बढ्ला ।

कर्कट राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । रसरागको कर्ममा रुचि बढ्ला । यात्रा होला । ख्याति फैलिनेछ । सुख–सन्तति वृद्धि होला । प्रेममा सफलता पाउनुहुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

सिंह राशि – कुनै प्रकारको जोखिममा नपर्नु शुभ रहला । स्वास्थ्य तथा चोटपटक लाग्ने कुरामा ध्यान दिनुपर्नेछ । ठूलो रकमको लगानी र महत्वपूर्ण कागजपत्र आदिमा हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । स्वास्थ्य र पाचनतन्त्रप्रति ध्यान राख्नुपर्नेछ । नियम–कानूनप्रति सचेत रहनुपर्नेछ ।

कन्या राशि – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुखशान्तिमा वृद्धि हुनेछ । साझेदारीको काम बन्ला । मिठो भोजन खान पाउनुहुनेछ । यात्रापरक काम बन्ला । इष्टमितको साथ भेट्ला । आँट उत्साह वृद्धि होला ।

तुला राशि – मनोकुलको कार्य बन्ला । आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । शत्रुलाई जित्ने शक्ति बढ्ला । आफन्तको सहयोग मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान–पुरस्कार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । परिवारिक सुख शान्ति बढ्नेछ ।

वृश्चिक राशि – सुख शान्ति मिल्नेछ । इष्टमित्रको मद्दत मिल्नेछ । अध्ययन–अध्यापनमा रुचि बढ्ला । प्रेममा सफलता प्राप्ति होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शुभ र भाग्यवर्द्र्धक काम पनि बन्नेछ । मान महत्व बढ्ला ।

धनु राशि – भागदौड चलिरहला । खर्च बढेको महसुस होला । विवाद आदिमा नपर्नु उचित हुनेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्यप्रति ध्यान राख्नुपर्नेछ । लापर्वाही गरेमा भोली पछुतोमा पर्नुपर्नेछ । योजना र बजेट बनाइ काम गर्नुपर्नेछ ।

मकर राशि – सुख समृद्धि धन यश मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । इष्टमित्रको सहयोग भेटिनेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नियमित काममा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हनेछ ।

कुम्भ राशि – धन मान बढ्नेछ । सुख आनन्द बढ्नेछ । सभा–समारोहमा सम्मानित हुनुहुनेछ । गौरवमा वृद्धि होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । मनोकुलको काम बन्नेछ । साहसिक काम बन्ला । हाकिमको साथ मिल्ला ।

मीन राशि – दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा बढोत्तरी होला । सुख–शान्तिको अनुभूति हुनेछ । यात्रा होला । शुभ समाचार मिल्नेछ । धर्म–कर्ममा रुचि बढ्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । सुख शान्ति आनन्द बढ्नेछ । मान–सम्मान बढ्नुसँगै ख्याति फैलिनेछ ।

साताको राशि पनि हेर्नुहोस्–

साताको राशिफल (४-१० जेठ २०७६, १८-२४ मे, २०१९)

https://ghatanarabichar.com/149811