कारागारमा भड्किएको हिंसाका कारण चार जनाको मृत्यु

कारागारमा भड्किएको हिंसाका कारण चार जनाको मृत्यु


अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा भड्किएको हिंसाका कारण चार जना कैदीको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका छन् । झडपमा २० जना प्रहरी पनि घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयले कारागारभित्र प्रहरीले खानतलास गर्न थालेपछि हिंसा भड्किएको जानकारी दिएको एएनआईले जनाएको छ । बताइएअनुसार त्यहाँको महान्यायाधीवक्ता कार्यालय र गृह मन्त्रालयको आदेशमा कारागारभित्र लागूऔषधको कारोबारका विषयमा खानतलासी गरिएको थियो ।

चारवटा कारागार भवनभित्र खानतलासी गरिएको र प्रहरीमाथि केही कैदीले आक्रमण गरेका एजेन्सीहरुले जनाएका छन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा ल्याउन हवाई फायर गर्दा कैदीहरुले प्रहरीका हतियार पनि खोस्ने प्रयास गरेका थिए ।