नेपाल र अष्ट्रेलियामा एकसाथ जात्रै जात्रा

नेपाल र अष्ट्रेलियामा एकसाथ जात्रै जात्रा


  • राजन घिमिरे, अष्ट्रेलिया

नेपाली चलचित्रको निर्देशकीय यात्रामा दर्शकप्रिय चलचित्र दिन सफल निर्देशकका रूपमा चिनिन्छन् प्रदीप भट्टाराई । एक दशकभन्दा लामो समय मह जोडीसँग काम गरेर खारिएका प्रदीपले निर्देशन गरेको दुई चलचित्र जात्रा र शत्रु गतेले मन र धन दुबव कमायो । यही दुई चलचित्रबाट आफूलाई सफल चलचित्र निर्देशकका रूपमा स्थापित गराउन पनि यिनी सफल भए ।

काम गर्ने उच्चतम शैलीकै कारण तारिफ कमाइरहेका प्रदीप अब सफल चलचित्र निर्देशन यात्रामा ह्याट्रिक गर्ने तयारीमा लागेका छन् । यतिबेला बजारमा राम्रै कौतुहलता जगाउन सफल चलचित्र जात्रै जात्रा प्रदिपले निर्देशन गरेको तेश्रो चलचित्र हो । नेपालमा मात्र होइन कि प्रबासमा रहनु भएका नेपाली चलचित्रप्रेमी दर्शकहरूको पनि चासोको चलचित्रको रूपमा चर्चामा आएको जात्रै जात्रा नेपाल र अष्ट्रेलियामा शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आउने भएको छ ।

चलचित्र जात्रै जात्राको अष्ट्रेलिया अधिकार लिएको हो र होइन होला इभेन्टस र पप अप इन्टरटेनमेन्टले यो चलचित्र सिड्नीको बरउडमा रहेको इभेन्टस् सिनेमामा शुक्रबार, शनिवार र आइतबार गरेर अहिलेलाई तीन शोको तय गरिसकेको छ । ‘यो त शुरूवाती दिनहरूको शो मात्र हो । अन्य शोहरू पनि थपिँदै छ भने अष्ट्रेलियाको अन्य शहरहरूमा पनि शोहरू बढ्दै छ’, हो र होइन होला इभेन्टसका रोशन भट्टराईले जानकारी दिए ।

विशेष गरेर हास्य कथा र परिस्थितिलाई उठान गरिएको यो चलचित्रमा दयाहाङ राई, विपिन कार्की, रवीन्द्र झा, रविन्द्रसिंह बानियाँ , वर्षा राउत र राजाराम पौडेल लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

सिनेमाको पर्दामा ठुला गफ र पाठ पढाउनु भन्दा पनि हलमा रहुन्जेलसम्म दर्शकहरूको मनलाई बाँध्न सक्नु पर्छ भन्ने मान्यतालाई मनन गरेर चलचित्र निर्माणमा लागिपरेका प्रदीप भट्टराईले यो चलचित्र पनि गजबकै बनाएका छन् भनी सिनेक्षेत्रमा चर्चा शुरु भइसकेको छ ।