नेपालमा पहिलो पटक मनाइयो ‘वर्ल्ड ओरिइन्टिरिङ डे’

नेपालमा पहिलो पटक मनाइयो ‘वर्ल्ड ओरिइन्टिरिङ डे’


‘वर्ल्ड ओरिइन्टिरिङ डे’को उपलक्ष्यमा नेपालमा पनि एक कार्यक्रमको आयोजना गरिएको छ । मे १५ देखि २१ गतेसम्म विश्वका ८० राष्ट्रमा मनाइने यो कार्यक्रम पहिलो पटक नेपालमा मनाइएको हो ।

नेपाल ओरिइन्टिरिङ संघको आयोजनामा तिलगंगाको गोल्फ कोर्समा आयोजित प्रतियोगितामा महिला तथा पुरुषहरुविच प्रतियोगिताको आयोजना गरिएको थियो ।

उक्त प्रतियोगिता विभिन्न स्कुल, आर्मी र स्वीट्जरल्याण्डवाट आएका खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिता सर्ट कोर्स र लङ कोर्समा विभाजन गरेर खेलाइएको थियो । सर्ट कोर्सतर्फ २० जना र लङ कोर्सतर्फ ३० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपाल ओरिइन्टिरिङ संघले आफ्नो स्थापनापछि पहिलो पटक ‘वर्ल्ड ओरिइन्टिरिङ डे’ को अवसरमा प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको मुख्य अतिथि ब्राजिलियन राजदुतावासका प्रतिनिधि जोसेफ मारियो रहेका थिए । सो कार्यक्रममा विभिन्न खेल संघका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।