बेलायतको बेरोजगार दर ४५ वर्षयताकै न्यून

बेलायतको बेरोजगार दर ४५ वर्षयताकै न्यून


बेलायतको बेरोजगार दर ४५ वर्ष यताकै न्यून अवस्थामा पुगेको बेलायती सरकारको एक तथ्याङ्कले देखाएको छ ।

बेलायतको युरोपेली सङ्घ (ईयू) बाट हुने भनिएको बहिर्गमन प्रक्रिया लम्बिएर अनिश्चिततातर्फ जाँदा पनि यहाँको अर्थतन्त्रमा स्थिरता कायम देखिएको मङ्गलबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

सन् २०१९ को शुरूआती तीन महिनामा यहाँको बेरोजगार दर ३.८ प्रतिशत कायम भएको र यो सन् १९७४ को अन्तिम त्रैमासिक पछिको न्यून बेरोजगार दर भएको बेलायती तथ्याङ्क मामिला हेर्ने कार्यालय (ओएनएस)ले एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

सन् १९७४ (४४ वर्ष पहिले) को आर्थिक वर्षको अन्तिम त्रैमासिकमा बेरोजगार दर ३.९ रहेको थियो भने त्यसपछि कहिल्यै पनि यो विन्दुमा नझरेको ओएनएसले जनाएको छ ।

‘ब्रेक्जिटसम्बन्धी अनिश्चितताको मुखमा पनि बेलायतको श्रम बजार आश्चर्यजनकरूपमा लचकदार देखिएको छ,’ हारग्रिभ्स ल्यान्सडाउनका वरिष्ठ अर्थशास्त्री बेन ब्रेटेलले पछिल्लो तथ्याङ्कपछि प्रतिक्रिया दिए । ‘यी साँच्चै अर्थतन्त्रले सामना गरेका मजबुत तरङ्ग हुन् जसलाई तथ्याङ्कले प्रष्ट्याएको छ ।’

ओएनएसले भनेको छ, बेलायतको रोजगारदर ७६.१ प्रतिशत हुने अनुमान गरिएको थियो, जुन सबैभन्दा उच्च संयुक्त तथ्याङ्क हो जुन रेकर्डमा राखिएको छ ।

‘यहाँ यस्ता प्रमाणिक चासो छन् जसलाई संयुक्त अधिराज्यका कम्पनीहरूले चाहिनेभन्दा बढी पूँजीगत खर्चको तुलनामा श्रमलाई सङ्ग्रह गरेका छन् । यस्तो अनिश्चित समयमा तपाईँले किन नयाँ योजना र उपकरणमा ठूलो राशि खर्च गर्नुहुन्छ जब तपाईँले थप श्रमिक भित्र्याउन सक्नुहुन्छ र सोही नतिजा पाउन सक्नुहुन्छ ?’ ब्रेटेलले भने ।