इशान कप फुटबल जेठ १० देखि

इशान कप फुटबल जेठ १० देखि


संस्थागत विद्यालय संघ नेपाल (इशान)को आयोजनामा आठौं इशान कप अन्तरविद्यालय फुटबल प्रतियोगता जेठ १० गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ २८ र गर्ल्समा २४ टिमको सहभागिता रहने इशानका अध्यक्ष राजकुमार श्रेष्ठले बैशाख २९ गते सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु सुन्दरीजलमा खेलाइने छ । ब्वाइजमा कान्ति भैरव तथा गर्ल्समा एकता जेम्स डिफेन्डिङ च्याम्पियन हुन् । फाइनल जेठ १८ गते हुनेछ ।