प्रसिद्ध अभिनेत्री डोरिस डेको निधन

प्रसिद्ध अभिनेत्री डोरिस डेको निधन


प्रसिद्ध अमेरिकी कलाकार डोरिस डेको ९७ वर्षको उमेरमा निधन भएको छ । उनले स्थापना गरेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा क्यालिफोर्नियास्थित आफ्नै निवासमा डोरिसको निधन भएको जनाइएको छ ।

डोरिस डे एनिमल फाउन्डेसन स्थापना गरेकी डोरिस जीवजन्तुको अधिकारका क्षेत्रमा पनि चर्चित थिइन् । उनलाई पछिल्लो समय न्यूमोनियाको सङ्क्रमण देखिएको थियो ।

आफ्नो करिअरको उच्च स्थितिमा रहँदा उनी हलिउडकी सर्वाधिक चर्चित नायिका थिइन् । उनले धेरैवटा प्रतिष्ठित पुरस्कार समेत जितेकी थिइन् ।

डोरिसले सन् १९४८ देखि १९६८ सम्म झण्डै ४० वटा फिल्ममा अभिनय गरेकी थिइन् ।