मुवाँथाई भिडन्तमा पलिस्थालाई स्वर्ण

मुवाँथाई भिडन्तमा पलिस्थालाई स्वर्ण


चौथो इन्डो–नेपाल मुवाँथाई प्रतियोगिताको महिला ४० केजीमा नेपालकी पलिस्था कक्षपतिले स्वर्ण जितेकी छिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको फाइनलमा पलिस्थाले भारतकी गोकुल वाणीलाई पराजित गरिन् ।

नेपाल राष्ट्रिय मुवाँथाई संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २२ केजीमुनि नेपालका प्रिन्स कार्कीले नेपालकै प्रकट कार्कीलाई हराउँदै पहिलो भए । पुरुष ३१ केजीमुनि नेपालका स्वरूप बल पहिलो पहिलो तथा भारतका श्रीधर दोस्रो भए ।

महिला २८ केजीमुनि भारतकी भुवनेश्वरीले फाइनलमा नेपालकी रेश्मा ब्लोनलाई पाखा लगाउँदै शीर्ष स्थान कब्जा गरिन् । पुरुष ४६ केजीमुनि नेपालका मनोज महर्जन पहिलो र नेपालकै दिनेश बीडी दोस्रो भए । पुरुष ५० केजीमुनि नेपालका एलेक्स तामाङ पहिलो तथा भारतका गोकुल केआर दोस्रो बने । पुरुष ४३ केजीमुनि भारतका इलान गोवान पहिलो तथा नेपालका मनीष सापकोटा दोस्रो भए । पुरुष ५० केजीमुनि भारतका वसन्त एसआर पहिलो तथा नेपालका भिम्पा तामाङ दोस्रो भए ।

महिला ५३ केजीमुनि भारतकी योगेश्वरी पहिलो तथा नेपालकी डेनिका राई दोस्रो भए । पुरुष ३९ केजीमुनि नेपालका अनिशकुमार शाह पहिलो तथा भारतका मोलिस दोस्रो भए । पुरुष ३७ केजीमुनि नेपालका सौगात गोल पहिलो तथा नेपालका राजाबाबु कार्की दोस्रो भए । पुरुष ६१ केजीमुनि नेपालका डिप्लव थापा पहिलो तथा भारतका अनिश दोस्रो भए । पुरुष २६ केजीमुनि नेपालका प्रवीण अधिकारीले स्वर्ण तथा नेपालका पृथ्वी कक्षपतिले रजत जिते । पुरुष ५० केजीमुनि नेपालका सञ्जीव तामाङ पहिलो तथा नेपालका सूर्य गोहिबार दोस्रो भए ।

पुरुष ६० केजीमुनि नेपालका गुणराज रुचाल पहिलो तथा नेपालकै दिनेश जिमी दोस्रो भए । पुरुष ५५ केजीमुनि नेपालका यानब थुलुङ राई पहिलो तथा नेपालकै प्रदीप तामाङ दोस्रो भए । पुरुष ६५ केजीमुनि नेपालका अजय खत्री पहिलो तथा नेपालकै सन्यध्वज वाइबा दोस्रो भए । महिला ५५ केजीमुनि नेपालकी विद्या गुरुङ पहिलो तथा नेपालकै प्रमिला तामाङ दोस्रो भए ।

एकदिने प्रतियोगितामा नेपालबाट ३२ तथा भारतबाट १२ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । प्रतियोगिताको राखेपका सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए ।