ओमानवासी नेपालीलाई शेयरसम्बन्धी प्रशिक्षण

ओमानवासी नेपालीलाई शेयरसम्बन्धी प्रशिक्षण


  • आरके श्रीवास्तव, ओमान

ओमानवासी नेपालीलाई शेयर बजार तथा शेयरसम्बन्धी विविध जानकारी गराउने उद्देश्यले शेयर बजार तालिम सम्पन्न भएको छ । १० मे २०१९ शुक्रबारका दिन राजधानी मस्कटस्थित अलरिफ होटल गुब्रामा शेयरसम्बन्धी आधारभूत तालिम सम्पन्न भएको हो ।

समाजसेवी तथा राजनीतिकर्मी जीवन कार्कीको समन्वयमा ओमानमा वैदेशिक रोजगारीमा रहँदारहँदै पनि थप आम्दानी गर्न सकिने स्रोतका बारेमा अन्तरक्रिया तथा शेयर बजारसम्बन्धी तालिम सम्पन्न भएको हो ।
कार्यक्रम नौलो खालको भएपनि सहभागिता उल्लेखनीय थियो भने करिव २५ जनाको सहभागिता रहेको थियो ।

सहभागीहरुले नयाँ कुरा सिक्न पाएको र आफ्नो बचतलाई सुरक्षित तवरले लगानी गरी मुनाफा आर्जन गर्ने तरिकाबारे ज्ञान पाउँदा भविष्यमा उपयोगी सिद्ध हुने प्रतिक्रिया दिए ।

सो प्रशिक्षण कार्यक्रमको प्रशिक्षक जीवन कार्की रहेका थिए ।