सिड्नीमा ‘इसिए नवाज कप २०१९’ आयोजना हुँदै

सिड्नीमा ‘इसिए नवाज कप २०१९’ आयोजना हुँदै


  • राजन घिमिरे, अष्ट्रेलिया

आगामी आइतबार (१२ मे) देखि सिड्नीमा इसीए नवाज कप २०१९ शुरू हुने भएको छ । विगत १५ वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको यो फूटबल प्रतियोगिता दुई महिनापछि सकिने छ । फूटबल प्रतियोगिता सिड्नीको साउथ ग्रानभिलमा आयोजना हुने छ ।

सन् १९९९ मा स्थापना भएको नेप्लिज अष्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज)का अध्यक्ष विनोद शर्माले प्रतियोगितामा अष्ट्रेलियामा रहेका १८ वटा नेपाली फुटबल समूहहरूले प्रतिस्पर्धा गर्ने छन् । विजेताहरूलाई नगद, प्रमाणपत्र र ट्रफीबाट पुरस्कृत गरिने छ । ‘प्रवासमा रहनुभएका नेपाली युवाहरूलाई एउटै थलोमा जमघट गराउने हाम्रो जमर्को हो’, टुर्नामेन्टका संयोजक राजु मानन्धरको भनाई छ ।

सिड्नीमा प्रतियोगिताको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलियन नेप्लिज फुटबल एसोसिएशनका अध्यक्ष्य विजेन भट्टाजु, नवाजका उपाध्यक्ष अरूण तामाङ, सचिव मन्जित घिमिरे, मगर समाज अष्ट्रेलियाका नवीन राना, स्पोर्टस संयोजक बैकुण्ठ मानन्धर र प्रतियोगितामा समावेस फुटबल समूहका पदाधिकारीहरू लगायतले प्रतियोगिताको महत्व र यसखाले प्रतियोगिताले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सदभाव र भाइचारा बढाउने बताए ।