नेपालको पहिलो ‘कार्बन न्युट्रल एअरलाइन्स’ बन्यो यती

नेपालको पहिलो ‘कार्बन न्युट्रल एअरलाइन्स’ बन्यो यती


यती एअरलाइन्स नेपालकै पहिलो र सम्भवतः दक्षिण एशियाकै पहिलो ‘कार्बन न्युट्रल एअरलाइन्स’ भएको छ । जलवायु तटस्थताको लागि संयुक्त राष्ट्र संघको “Greening the Blue” भन्ने अवधारणालाई आत्मसात गर्दै सन् २०१८ मा हरित गृह ग्याँस GHG उत्सर्जनलाई घटाउन र ‘अफसेट’ गर्न एअरलाइन्स सफल भएको हो ।

यती एअरलाइन्सले संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) द्वारा संचालित स्वतन्त्र कार्वन अडिट (Independent Carbon Audit) प्रक्रियामा सहभागी भई एअरलाइन्सको कुल कार्वन उत्सर्जनको गणना गरी त्यसलाई घटाउन र Offset गर्न योजना बनाएको थियो ।

Independent Carbon Audit का अनुसार यती एअरलाइन्स्ले सन् २०१८ मा आफ्नो सम्पूर्ण उडान, वाहन र अन्य साधनहरू समेतबाट १९,६६५ टन बराबर कार्वनडाईअक्साइड (CO2) उत्सर्जन गरेको थियो । यस उत्सर्जनबाट लगभग ३,२५,१६५ रुखहरु द्वारा दश वर्ष भन्दा बढीसम्मको कार्वनको मात्राबराबर अनुक्रमित गर्दछ । कुल GHS उत्सर्जनको ९९.९ प्रतिशत एअरलाइन्स्को उडान सञ्चालनवापत उत्सर्जन गर्दछ ।

यतीले सन् २०१७ र २०१८ को बीचमा कम इन्धन खपत हुने विमानको प्रयोग गरी प्रतिउडान किलोमिटर २० प्रतिशत घट्नुका साथै प्रतियात्री १२ प्रतिशतले कार्बन उत्सर्जन घटेको थियो ।

यती एअरलाइन्सले जेटस्ट्रीम–४१ जहाजको सञ्चालन क्रमबद्ध रुपमा काम गर्दै ATR 72– 500 जस्ता कम इन्धन खपत हुने विमानको सञ्चालन गरेर कम GHG उत्सर्जन उत्पादन गर्न सफल भएको कम्पनीको दाबी छ भने जेटस्ट्रीम–४१ जहाजलाई क्रमशः हटाउँदै लैजाने नीति लिइएको जनाइएको छ । GHG उत्सर्जनलाई कम गर्नका लागि कम्पनीले अपनाएका महत्वपूर्ण रणनीतिमा दक्ष उडान सञ्चालन गर्ने, ग्राउण्ड प्रक्रियाहरू सुधार्नका लागि विमानस्थल संरचनाका पूर्वधारहरू सुधार गर्ने, सार्वजनिक जागरुकता सृजना गर्ने र कर्मचारी प्रशिक्षण दिने जस्ता महत्वपूर्ण कुराहरु पर्दछन् ।

यती एअरलाइन्स्ले विगतका वर्षहरुमा Yeti Green Re-forestation Project, Green Far West Project र Everest Clean Up Campaign जस्ता विभिन्न पर्यावरणीय परियोजनाहरु पनि सञ्चालन गर्दै आइरहेको छ जसबाट संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी फ्रेमवर्क (UNFCC) अन्तर्गत प्रमाणित कार्वन क्रेडिट खरीद गरी यति एअरलाइन्सले आफ्नो कम्पनीद्वारा उत्पादित GHS उत्सर्जनलाई Offset गरेको छ ।

यति एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईका अनुसार नेपालमा सर्वाधिक ठुलो हवाई सञ्जालद्वारा सेवा सञ्चालन गर्दै आएको यती एअरलाइन्स आफ्नो ग्राहक सेवाको स्तर बढाउदै आफ्नो तर्फबाट वातावरण संरक्षण गर्न निरन्तर रुपमा काम गरिरहेको छ । संयुक्त राष्ट्रको दिगो विकास लक्ष्यको बुँदा नं ५ अन्तर्गत लैङ्गिक समानता, नं. १३ जलवायुसम्बन्धी कार्य र नं.१७ साझेदारीका लागि लक्ष्यहरुलाई हरेक अवसरमा सँगै लाने र सहयोग पुऱ्याउने कार्यमा एअरलाइन्स प्रतिबद्ध रहने सिईओ राईको भनाई छ ।

UNDP का आवासीय प्रतिनिधि a.i. Ayshanie Medagangoda-Labe ले संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय कार्वन तटस्थताबारे अवधारणालाई सफलतापूर्वक निर्वाह गरी नेपालको पहिलो ‘कार्बन न्युट्रल एयरलाइन्स’ हुन सफल यती एअरलाइन्स्लाई बधाई तथा शुभकामना दिएका छन् ।