शार्क होटलमा जम्दै सांगीतिक माहोल

शार्क होटलमा जम्दै सांगीतिक माहोल


  • राजन घिमिरे, अष्ट्रेलिया

जब नेपाल आइडियलमा गायक पुष्पन प्रधानले गाए, उनको चर्चा र ख्यातीले खास उचाई पायो । पुष्पन स्वयम् पनि यो स्वीकार गर्छन् । विशेषगरी समाज र परिवारका ब्यथा-वेदनालाई गीतमा प्रस्तुत गर्न सिपालु गायकको रूपमा परिचय बनाएका पुष्पनको नेपाल आइडियलमा आउनुअघि पनि वाहवाही नै थियो । यिनै पुष्पन अब पहिलोपटक सिड्नीमा गुन्जने भएका छन् ।

पुष्पन त छँदै छन्, कार्यक्रममा अर्को सशक्त उपस्थिति रहने छ गायक, संगीतकार एवम् गीतकार कालीप्रसाद बासकोटाको । बहुप्रतिभाशाली बासकोटा र युवाहरूको ध्यान खिच्न माहिर स्याडोज ब्याण्डले साँच्चै शायन इन्टरटेन्ट्मेन्ट्सको आयोजना तथा बिग इभेन्ट्स, आरजी इन्टरटेन्टमेन्ट्स र कमेरोको संयुक्त पहल तथा फोर नेशन्स इन्टरनेशनलको प्रस्तुतीमा मे १० तारिखका दिन सिड्नीमा नेपाली संगीतको बेजोड प्रस्तुती हुने चर्चाले यतिबेला सिड्नी तातेको छ । कार्यक्रम सिड्नीको शार्क होटलमा हुने छ ।

अलग पहिचानका धनी पुष्पन र नेपाली गीत संगीत विधालाई नयाँ शैलीका साथ अगाडि बढाउन सफल कालीप्रसाद बासकोटोको साथमा युवा पुस्तामाझ क्रेज बनाउन सफल स्याडोज ब्याण्डलाई एउटै स्टेजमा उतार्न सक्नु पनि आयोजकका लागि उपलब्धिमूलक कार्यको रूपमा लिइएको छ यतिबेला ।

कार्यक्रमका लागि एडभान्स कलेज अफ हेल्थ, वेस्टर्न सिड्नी युनिभर्सिटी, डिएम लिगल र इपी माइग्रेशन, एभरेष्ट ट्राभललगायतले सहयोग पुर्‍याएको कार्यक्रमका संयोजक कोमल पाठकले बताए ।

सिड्नीमा मात्र नभएर अस्ट्रेलियाका अन्य शहरमा पनि यो सांगीतिक प्रस्तुती तय भइसकेको जानकारी टुरका आयोजक सायन इभेन्ट्सका गोविन्द भण्डारी र सुदिन केसीले बताए ।