अस्तित्वको चिन्ता छोडेर नेतृत्वको होडबाजी

अस्तित्वको चिन्ता छोडेर नेतृत्वको होडबाजी


बाह्रौँ महाधिवेशनको समाप्तिसँगै नेपाली काङ्ग्रेसको आन्तरिक जीवन रङ्गीन हुने आशा गरिएको भए पनि एघार महिना बितिसक्दासमेत पार्टी त्यसतर्फ उन्मुख हुन सकेको छैन । यद्यपि, केही समयअघि गरिएका जागरणसभा तथा केन्द्रीय आमसभाले आंशिक सञ्चार भने बढाएको भान दिलाएकै थियो । नेपाली काङ्ग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूका गतिविधि शून्यप्राय: रहेका पाइन्छन् । यसको सशक्त भ्रातृ सङ्गठनको रूपमा एक दशकअघिसम्म रहेको नेपाल विद्यार्थी सङ्घमा पद ओगटेर बस्ने र नेताहरूको फन्को मारी व्यक्तिगत लाभमा केन्द्रित रहँदै आएको केन्द्रीय समिति जम्बो टोलीका अध्यक्ष प्रदीप पौड्यालले राजीनामा दिएपछि त झन् अकर्मण्यताको खाल्डोमा फसेजस्तो देखिन्छ । आरोपको रूपमा मात्र नलिने हो भने हालकै तरुण दल, महिला सङ्घ, किसान सङ्घ आदि पदलोलुपहरूको कब्जामा रहेका भए पनि कुनै कार्य गरिरहेको अवस्था रहेन । नेपाल तरुण दलका अध्यक्ष महेन्द्र यादव पार्टीको केन्द्रीय सदस्य निर्वाचित भइसक्दा पनि भ्रातृ सङ्गठनको प्रमुख पद त्याग्न नसक्नुका साथै कुनै काम पनि नगरी नेताहरूको मुख ताकेर बस्नु आफैंमा पदलोलुपताको पराकाष्ठाबाहेक के हुन सक्छ ? हुन त अध्यक्षलाई दोष थोपरेर अन्य पदाधिकारी तथा सदस्यहरू पनि जिम्मेवारीबोधबाट पन्छन मिल्ने अवस्था छैन ।
नेपाल विद्यार्थी सङ्घबारेको टुङ्गो लगाउन पार्टीले केन्द्रीय नेताहरू सम्मिलित टोली बनाएको भए पनि त्यस टोलीले ठोस निर्णय समयमा दिन नसक्नुलाई ‘ढिलो न्याय दिनुभन्दा छिटो अन्याय दिनु बेस’ भन्ने उखानको उल्टो रूपमा लिनुपर्ने हुन्छ, होइन र ? यो ती नेताहरूको कार्यक्षमताको कसी पनि हो । प्रत्येक विद्यालय, उमावि, क्याम्पस, जिल्ला, विश्वविद्यालय र केन्द्रीय तहमा पार्टीका नयाँ सदस्य उत्पादन गर्नुपर्ने विद्यार्थी सङ्गठन नेतृत्वविहीन मणि हराएको नागजस्तो अलमलमा पर्नुलाई पार्टी-भविष्यको सुन्दर पक्षको रूपमा लिन कहाँ सकिन्छ ?
पहिलो कुरा साँच्चै विश्वविद्यालयमा अध्ययनरत, क्रियाशील पार्टीको नीति-विचार र कार्यक्रम बुझेको, लोकतन्त्र समाजवाद र राष्ट्रियताका अङ्ग-प्रत्यङ्गहरूबारे जानकार, देश र जनताप्रति उत्तरदायी, सशक्त, कर्मठ एवम् विद्वान् नेतृत्वको हातमा नेपाल विद्यार्थी सङ्घलाई सुम्पिएर ४/६ महिनाभित्र नयाँ महाधिवेशन गर्नेगरी बढीमा २५ सदस्यीय तदर्थ समिति गठन गर्न ढिला भइसकेको छ । पार्टीको नीति, विचार र कार्यक्रमलाई विद्यार्थी, युवा-युवती ? तरुण), महिला, किसान, मजदुर, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, पेसाकर्मी तथा व्यवसायीमार्फ जनताको कान-कानमा र दृष्टि-दृष्टिमा पुर्‍याई पार्टीलाई साङ्गठानिक रूपले मजबुत बनाएर देश र जनताको सेवामा विश्वासपूर्ण नेतृत्व प्रदान गनर्ेर्ेेैसियत बनाउनुपर्ने यो ऐतिहासिक प्रजातान्त्रिक पार्टी भ्रातृ तथा शुभेच्छुक सङ्गठनको राजनीतिमा रुमलिँदा पार्टी, देश र जनताको अङ्ग-अङ्गमा गम्भीर असर परिरहेको छ । यसप्रति नेपाली काङ्ग्रेसको सिङ्गो नेतृत्व विशेषत: सभापति सुशील कोइरालाले ध्यान दिई दिशानिर्देश गर्नुपर्ने जरुरी छ ।
विधानसम्मत पार्टीका विभिन्न अङ्ग तथा विभागहरूको गठन र तिनीहरूलाई प्रदान गरिने जिम्मेवारीले पनि पार्टीलाई चलायमान बनाउन मद्दत पुग्दछ । परराष्ट्र, शिक्षा, स्वास्थ्य, सङ्गठन, प्रचार, तरुण, विद्यार्थी आदि विभागहरू गठन हुन नसक्दा यी विभागमार्फ देश र पार्टी सङ्गठनका लागि गनुपर्ने कार्य सम्पन्न हुन सकेका छैनन् एकातिर भने हजारौँ नेता-कार्यकर्ता कामविहीन भएर महाराजगञ्ज, लाजिम्पाट, बोहोराटार, बुढानीलकण्ठ तथा चाक्सीबारी चहार्न बाध्य भएका छन् । सभा, सम्मेलन, गोष्ठी, पत्रपत्रिका, रेडियो, टीभी तथा घरदैलो कार्यक्रममार्फ नेपाली जनताका घर-घर, खेत-बारी, उद्योग र कलकारखानाहरूमा पुग्नुपर्ने राष्ट्रियता, समाजवाद, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधान र शान्तिका कुराहरू फगत तिनै नेताका बासस्थानमा घुमिरहेका छन् ।
बिहानको झुल्के घामसँग सुरु हुने नेता-परिक्रमाको काम दिउँसोको मध्याह्नपश्चात् केही क्षण विश्राम लिने र साँझ परेपछि पुन: उस्तै हिसाबले पसल, रेस्टुरेन्ट, नयाँसडक, दरबारमार्ग, ठमेल तथा नयाँबानेश्वरका राउन्ड टेबलमा चर्का बहस र तरल पदार्थको चुस्कीपछि आ-आफ्ना कुटी, कोठा, महल तथा दरबारमा गएर सुस्ताउने गरेका छन् । यसप्रति अब पनि नेपाली काङ्ग्रेसको नेतृत्वले वास्तविक सम्बोधन नगर्ने हो भने देशको लोकतान्त्रिक पद्धतिको पर्यायको रूपमा लिइँदै आएको बीपी कोइरालाको विरासत रहेको नेपाली काङ्ग्रेस पार्टी ‘नेतृत्व’का लागि नभई ‘अस्तित्व’का लागि छटपटाउनु नपर्ला भन्न सकिँदैन ।
-युवराज बस्ताकोटी, गोरखा

सुदूरका सभासद्ले मागे विश्वविद्यालय
सुदूरपश्चिमाञ्चलका जनताले लामो समयदेखि निरन्तर रूपमा विश्वविद्यालयको माग गर्दै आएको तथ्य सर्वविदित छ । गत वर्ष कञ्चनपुरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पसलाई एकीकृत गरी सोही स्थानमा राज्यको खर्चमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना र सञ्चालन हुने गरी विशेष ऐनको व्यवस्था भई विगतको सरकारले विश्वविद्यालय सञ्चालनका लागि १० करोड रकमसमेत विनियोजन गरेको थियो । उक्त रकमको सही उपयोग गरी विश्वविद्यालय सञ्चालनमा सहयोग गर्न पटक-पटक सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गर्दा पनि गत आवमा उक्त रकम सदुपयोग नभई प्रिmज हुन पुग्यो । उक्त रकमको सदुपयोग हुन सकेको भए सुदूरपश्चिमाञ्चलजस्तो पिछडिएको क्षेत्रमा विश्वविद्यालयको गतिलो पूर्वाधार तयार हुन सक्नेमा शङ्का थिएन ।
यस वर्षको बजेटमा त सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको नाममा अलग विनियोजन नै देखिँदैन । वर्तमान सरकारले सुदूरपश्चिमाञ्चल क्षेत्रप्रति गरेको उपेक्षाको घोर निन्दा गर्दछौँ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना र सञ्चालनका लागि बजेटको व्यवस्थालगायत आवश्यक सबै कार्य गर्न माग गर्दै नेपाल सरकारको ध्यानाकर्षण गर्न शान्तिपूर्ण पर््रदर्शन गरिरहेका विद्यार्थी र आमजनतामा कञ्चनपुर भीमदत्त नगरपालिका बजारमा गत १० र ११ गते प्रहरीले बर्बरतापूर्ण ढङ्गले आक्रमण गर्‍यो । उक्त अमानवीय बर्बरतापूर्ण घटनाको हामी घोर निन्दा एवम् भत्र्सना गर्दछौँ । यस सन्दर्भमा पुन: सुदूरपरिश्चमाञ्चल विश्वविद्यालयको सञ्चालनका लागि देखिनेगरी तत्काल आवश्यक बजेटको व्यवस्था गर्न र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अविलम्ब सञ्चालनको ग्यारेन्टी गरी सुदूरपश्चिमका आमजनतालाई आश्वस्त गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । यस विषयमा सरकार गम्भीर नभएमा सोबाट हुने क्षतिको जिम्मेवार स्वयम् सरकार हुने विषयमा समेत हामी सचेत गर्न चाहन्छौँ ।
– संविधानसभाका सदस्यहरू रमेश लेखकर्,र् इश्वरी न्यौपाने, देवराज जोशी, आरजु राणा देउवा, महा नेपाली, मानबहादुर महतो, कल्पना सोव र चन्द्रीराम टमटा