कांग्रेस नेता ताम्राकारको निधन

कांग्रेस नेता ताम्राकारको निधन


नेपाली कांग्रेसका पुराना नेता रामकृष्ण ताम्राकारको निधन भएको छ । व्यवसायिक पृष्ठभूमि भए पनि कांग्रेसका पूर्व कोषध्यक्ष समेत रहेका ताम्राकारले पटक पटक मन्त्रीको जिम्मेवारी पनि पाएका थिए । रुपन्देहीबाट पटक पटक सांसद चनिएका उनी लामो समयदेखि अस्पतालमा उपचाररत थिए ।

मंगलबार जावलाखेलस्थित अल्का अस्पत्तालमा उपचारकै क्रममा ताम्राकारको निधन भएको हो । उनको निधनको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् । अस्पतालमा उपचार गराइरहेका ताम्राकारको निधन भएपछि कांग्रेसले केन्द्रिय समितिको आकस्मीक बैठक बोलाएको प्रवक्ता शर्माले जानकारी दिएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आज साँझ नै पार्टीको आकस्मीक बैठक बस्ने बुझिएको छ ।

गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा ताम्राकार पार्टीमा कोषाध्यक्षको रुपमा कार्यरत थिए । उनी कोषाध्यक्ष हुँदा नै अहिलेको कांग्रेस पार्टी कार्यालय निर्माण सम्भव भएको थियो ।