करातेमा दिवस, गंगाराम र सन्नीलाई स्वर्ण

करातेमा दिवस, गंगाराम र सन्नीलाई स्वर्ण


आठौँअन्तर्गत राष्ट्रिय करातेको पुरुष ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठले स्वर्ण जितेका छन् । फाइनलमा उनले एपीएफका भीम तामाङलाई १३–५ ले पराजित गरे ।

पुरुष ७५ केजीमुनि प्रहरीका गंगाराम कुसवाहाले प्रदेश ५ का उमेश गुरुङलाई ५–३ तथा ६७ केजीमा प्रदेश ४ का नवीन रसाइलीले एपीएफका सुवास घतानेलाई ९–१ ले हराउँदै स्वर्ण जिते ।

महिला ४८ केजीमुनि आर्मीकी सन्नी तामाङले प्रदेश ३ की निरूपमा तामाङलाई ७–२ तथा ६१ र केजीमुनि प्रहरीकी एसतर राई एपीएफकी मनीषा चौधरीलाई ३–२ ले पाखा लगाउँदै पहिलो भए ।

महिला ५५ केजीमुनि प्रदेश १ की अस्मिता राईले स्वर्ण जितिन् । एपीएफकी सोनी राईविरुद्धको खेलमा अस्मिता ‘सेन्सुइ’का आधारमा विजयी भइन् । निर्धारित समयको खेल ५–५ को बराबरीमा सकिएको थियो ।