एपीएफ र प्रदेश १ महिला क्रिकेटको फाइनलमा

एपीएफ र प्रदेश १ महिला क्रिकेटको फाइनलमा


एपीएफ र प्रदेश १ आठौँ राष्ट्रिय खेलकुद महिला क्रिकेटको फाइनलमा भिड्ने भएका छन् । वैशाख १ गते सोमबार लमही क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले पाखा लगाउँदै प्रदेश १ ले फाइनल यात्रा तय गरेको हो । प्रदेश २ लाई ६७ रनको भारी अन्तरले स्तब्ध पार्दै एपीएफले फाइनलमा प्रदेश १ सँगको भेट पक्का गरेको हो । फाइनल खेल वैशाख १० गते मंगलबार हुनेछ ।

१ टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरको समाप्तिमा ५ विकेट १३६ रन बनाएको थियो १ जसमा इन्दु बर्माले नटआउट ४१ रनको योगदान दिइन भने ममता चौधरी ३९, सीता रानामगरले २६ रन जोडे । बलिङतर्फ प्रदेश २ की शान्ति चौधरी २ विकेट लिइन् । प्रदेश दुई २० ओभर पूरा खेल्दै ६९ रनमा अलआउट भएको थियो । अनुराधा चौधरी २२, शोभा आलेले १६ रन हानेका थिए १ बलिङतर्फ सरिता मगर ३, सीताराना मगर र रितु कनोजियाले समान २–२ विकेट लिए । उमन अफ द म्याच सीता रानामगर भइन् ।