मुस्ताङमा हाइब्रिड वायु र सौर्य विद्युत उत्पादनको सम्भावना

मुस्ताङमा हाइब्रिड वायु र सौर्य विद्युत उत्पादनको सम्भावना


एक अध्ययनले हिमाली जिल्ला मुस्ताङमा वायु र सोलारबाट सय मेगावाटसम्म विद्युत निकाल्न सकिने देखाएको छ । विदेशी परामर्शदाताको सहयोगमा बुद्ध पावर कम्पनीले गरेको अध्ययनअनुसार यतिका क्षमतामा विद्युत निकाल्न सकिने देखाएको हो ।

कम्पनीका सञ्चालक पुष्प तिमिल्सिनाका अनुसार मुस्ताङको लेतेभन्दा माथिल्लो क्षेत्रका कागबेनी, जोमसोम, मुक्तिनाथलगायत ७ ठाउँमा हाइब्रिड मोडलमा वायु र सोलारबाट विद्युत उत्पादन गर्न सकिने छ । उनका अनुसार मुस्ताङमा हाइब्रिड वायु र सौर्य विद्युत निकाल्ने प्रचुर सम्भावना रहेको र ५० मेगावाट उत्पादन गरे आगामी १० वर्षसम्म मुस्ताङलाई थप अरू विद्युत आवश्यक पर्दैन् ।