जबर्जस्ती टुंग्यायो नेकपाले जिल्ला नेतृत्वको नाम

जबर्जस्ती टुंग्यायो नेकपाले जिल्ला नेतृत्वको नाम


लामो समयको कसरतपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लास्तरीय पार्टी नेतृत्वको टुंगो लगाएको छ । हिजो (आइतबार) साँझ प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएको हो । केही समयदेखि नेकपा अध्यक्षद्वयले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिन पारेर पार्टी एकीकरण घोषणा गर्ने बताउँदै आएका थिए । सोहीअनुसार आज वैशाख ९ गते पार्टी एकीकरणको घोषणा भएको बताइन्छ ।

७७ जिल्लामध्ये पूर्वएमालेलाई ४४ जिल्लाको अध्यक्ष र पूर्वमाओवादी केन्द्रलाई ३३ जिल्लाको अध्यक्ष हुने गरी बाँडफाँड गरिएको छ । पार्टी एकीकरणमा पूर्वएमालेको भागमा परेको जिल्लामा पूर्वमाओवादीका अध्यक्ष वा संयोजक सचिव हुनेछन् भने पूर्वमाओवादीबाट अध्यक्ष हुने जिल्लामा पूर्वएमालेका अध्यक्ष सचिव बन्नेछन् ।

निकै अघि नै टुंगो लाग्ने भनिए पनि पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहको पनि एकीकरणमा वर्चश्व नहुने भए एकीकरणलाई स्वीकार गर्न नसकिने भन्दै आएकाले अन्तिममा नेपाल पक्षले पनि केही जिल्लाको नेतृत्व पाएपछि एकीकरणले मूर्त रूप लिएको हो ।

जिल्ला पार्टी एकीकरण भएअनुसार काठमाडौंमा कृष्ण राई, झापामा चिन्तन पाठक, मोरङमा विनोद ढकाल, ललितपुरमा हरिकृष्ण व्यञ्जनकार, भक्तपुरमा वचनबहादुर देउजा, चितवनमा यमबहादुर परियार र कास्कीमा कृष्ण थापाले अध्यक्षको जिम्मेवारी पाएका छन् ।

हेर्नुहोस् ७७ जिल्लाकै अध्यक्ष र सचिवको नामावली-

[gview file=”https://www.ghatanarabichar.com/wp-content/uploads/2019/04/Name-of-cpn.pdf”]