गायक पोखरेलको ‘अल्कोहलिक लभ’ सार्वजनिक

गायक पोखरेलको ‘अल्कोहलिक लभ’ सार्वजनिक


विगत तीन दशकदेखि गायन क्षेत्रमा दर्शक–श्रोतामाझ आफ्नो अब्बल प्रस्तुति दिँदै आएका गायक सीताराम पोखरेल पुनः फरक शैलीको गीत लिएर देखापरेका छन् । हालसालै गायक पोखरेलको ‘अल्कोहलिक लभ’नामक नयाँ भिडियो सार्वजनिक भएको छ ।

अल्कोहलिक लभमा गायक पोखरेलले गायिका मीना निरौलाको दह्रिलो साथ पाएका छन् । आफ्ना अघिल्ला भिडियोमा अगलअलग नायिकाहरूलाई अवसर दिएका पोखरेलले अल्कोहलिक लभमा प्रियंका कार्कीलाई प्रस्तुत गरेका छन् । गीतमा प्रियंकासँग विनोद न्यौपानेको अभिनय रहेको छ ।

गायक पोखरेलको यो १९औँ म्युजिक भिडियोको रूपमा रहेको अल्कोहलिक लभलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । ललिता कुँवरको शब्द र राहुल प्रधानको संगीत रहेको यस भिडियोमा राजेन्द्र कटुवाल राजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ ।

[youtube https://www.youtube.com/watch?v=B6K9idvBz6Y]