साताको राशिफल (वैशाख ७-१३, २०७६, सन् २०१९ अप्रिल २०-२६)

साताको राशिफल (वैशाख ७-१३, २०७६, सन् २०१९ अप्रिल २०-२६)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

साताको चाडपर्व

शनिबार– विशालनगरे वैष्णवीदेवीयात्रा, ललितपुरे मत्स्येन्द्रनाथस्नानं । आइतबार– त्रिपुष्कर योग दिउँसो १४ः२९ बजेसम्म रहनेछ, छन्ददिवस । सोमबार– साखुयात्रा, स्वामी शशिधर जन्मजयन्ती, पृथ्वीदिवस । मंगलबार– मंगल चौंथी व्रतम्, विश्व पुस्तक दिवस, प्रतिलिपि अधिकार दिवस । बुधबार–राष्ट्रिय लोकतन्त्र दिवस । शुक्रबार– अष्टमीव्रतम् ।

साताको राशिफल

मेष राशि – साताको प्रथम दिन आंट उत्साहवर्द्धक र उन्नतिकारक रहला । रोकिएको धन उठ्ला र नयाँ आयस्रोत खुल्नेछ । रोकिएको काम बन्नेछ । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । सुख आनन्द बढ्ला । आइतबार उत्तरार्द्धदेखि सोमबार र मंगलबारतिर मान महत्व र यात्रामूलक काममा विशेष ध्यान राख्नुपर्ला । समस्याको समाधान मिल्नेछ । दायित्व बढ्ला । कठोर प्रयास र परिश्रमले मनोकूलको काम बन्नुसँगै विजयश्री मिल्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । बुधबार र बिहीबारतिर प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख आनन्द बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मिठो भोजन मिल्ला । शुक्रबार धन मान बढ्ला । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । रोकिएको काम बन्नेछ । उन्नति–पदोन्नति हुनेछ ।

बृष राशि – साताको अघिल्लो दुई दिन शुभ फलदायक रहने छन् । शारीरिक र आर्थिक क्षेत्रसित सम्बन्धित कार्यमा लाग्नु बेस रहला । ऐनकानूनले साथ दिनेछ । धन यश मान महत्व बढ्नेछ । सोमबार र मंगलबारतिर व्यस्तता बढ्नेछ । मिहीनेतको बलले समस्याको समाधान मिल्नेछ । साझेदारीको काम बन्ला । सुख सम्पति धन मान महत्व बढ्ला । मिठो भोजन मिल्नेछ । शुक्रबारतिर अन्न धन वृद्धिकारक रहला । सुख शान्ति बढ्नेछ । यात्रापरक काम बन्नेछ । रोकिएको धन प्राप्त हुनेछ । खेलकूद भ्रमण कार्यमा रूचि बढ्नेछ । नयांँ दायित्व मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ । मान सम्मान बढ्नेछ । सुख समृद्धि बढ्नेछ । मिठो भोजन खान पाइनेछ । आय वृद्धि होला । लगानी उठ्नेछ ।

मिथुन राशि – शनिबार र आइतबारतिर बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख शान्ति मिल्ला । प्रेममा सफलता प्राप्त होला । मित्रमिलन होला । सन्तान सुख वृद्धि हुनेछ । सोमबार र मंगलबार आरोग्यता बढ्नेछ । विजयश्री प्राप्त होला । बुधबार र विहीबारतिर सुख सम्पति मान महत्व बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्ला । जीवनसाथीको सहयोग प्राप्त होला । शुक्रबारको जोखिमप्रति सचेत रहनुपर्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ ।

कर्कट राशि – शनिबार, आइतबार, सोमबार र मंगलबार आरोग्यतादायक रहनेछन् । सुख आनन्द धन यश मान ऐश्वर्य बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । बाँकी तीन दिन आरोग्यतावर्द्धक र सफलताप्रदायक सावित हुनेछन् । धन सम्पत्ति मान महत्त्व सुख आनन्द पनि वृद्धि हुनेछ । उनन्ति–पदोन्नति हुनेछ ।

सिंह राशि – साताका प्रारम्भिक दुई दिन धन मान आरोग्यताप्रदायक रहनेछन् । वार्तामा सफलता प्राप्त हुनेछ । पारिवारिक कलह शान्त हुनेछ । देखापरेको समस्या समाधान हुनेछ । विकासको नयाँ अवसर आउनेछ । आशा उत्साह बढ्ला । तेस्रो र चौंथो दिनमा विवाद आदिप्रति सचेत भई आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । अन्तिम तीन दिनमा उन्नति–पदोन्नति हुनेछ । मनोकुलको काम बन्नेछ । विजयश्री प्राप्त होला । अन्न धन बढ्नेछ । कार्यमा सफलता मिल्नेछ । सुख सन्तति वृद्धि होला । शैक्षिक र रचनात्मक कार्य बन्नेछ तथापि जोखिमप्रति सचेत रहनुपर्नेछ ।

कन्या राशि – साता सफलतादायक र सुखवर्द्धक रहनेछ । उन्नति–पदोन्नति हुनेछ । विकासको नयाँ अवसर पनि प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । अन्तिम तीन दिनमा यश वर्चश्व बढ्नेछ । सफलता प्राप्त होला । भागदौड चलिरहला । बढी परिश्रम गर्नु परे पनि सफलता प्राप्त हुनेछ ।

तुला राशि – साता शुभ र सफलताप्रदायक रहलान् । आर्थिक क्षमता बृद्धि हुनेछ । सुख शान्ति समृद्धि प्राप्त हुनेछ । यात्रा होला । इष्टमित्रको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्ला । आरोग्यता बढ्ला । विशेषगरी शुक्रबारतिर जोखिममा पर्नु उचित नहोला । संयम र विवेकले कार्य गर्नु उचित होला ।

वृश्चिक राशि – शनिबार लगानी वृद्धि हुनेछ । भागदौड चलिरहला । रसरागमा आकर्षण बढ्नेछ । आइतबार, सोमबार र मंगलबारतिर रोकिएको काम बन्नुका साथै विविध नयाँ सफलता हासिल हुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । महत्वपूर्ण काम बन्ला । आरोग्यता बढ्नेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको कार्य बन्ला । बुधबार, विहीबार र शुक्रबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्त्व वृद्धि होला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

धनु राशि – शुरुका दुई दिनमा कार्यमा सफलता मिल्नुको साथै आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि पनि वृद्धि होला । रोकिएको काम बन्नुसँगै लगानी पनि उठ्नेछ । तेस्रो र चौंथो दिनमा भागदौड र खर्च बढ्नेछ । हांसविलास आदिमा आकर्षण बढ्नेछ । पाचौं, छैठौं र सातौं दिनमा आयस्रोत वृद्धि होला । धनसमृद्धि बढ्नेछ । धन सम्पत्ति वृद्धि होला । मान पुरस्कार प्राप्त होला ।

मकर राशि – साता शुभ र उन्नतीकारक छ । मान यश पद प्रतिष्ठा सुख सम्पति बढ्ला । कारोबारको क्षेत्रमा सफलतासँगै सुख आनन्द पनि वृद्धि हुनेछ । पाचौं र छैठौं दुई दिनमा खर्चमाथि नियन्त्रण राखी योजना र बजेट बनाई काम गर्नु बेस होला । अन्तिम दिनमा शुभता बढ्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । सुख आनन्द बढ्नेछ ।

कुम्भ राशि – शनिबारको दिन शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्ला । यात्रा होला । महत्वपूर्ण सफलता प्राप्त होला । आइतबार र सोमबारतिर कार्यमा सफलता मिल्नुको साथै सुख समृद्धि बढ्नेछ । यात्रा होला । मंगलबार, बुधबार र बिहीबारको मनोकूलको काममा सफलता मिल्नेछ । मान महत्व बढ्ला । अन्नधन बढ्नेछ । आय स्रोत वृद्धि हुनेछ । शुक्रबार खर्च बढ्ला । भागदौडमा वृद्धि हुनेछ ।

मीन राशि – शनिबार र आइतबारतिर जोखिममा नपर्नु उचित हुनेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ । सोमबार आनन्दप्रदायक रहनेछ । भाग्योदय होला । मान पुरस्कार प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । मंगलबार र बुधबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रुचि बढ्नेछ । मनोकूलको काम बन्ला । बिहीबार र शुक्रबारतिर नयाँ काम बन्नुको साथै नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । मान महत्व पनि बढ्ला । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख शान्ति वृद्धि हुनेछ ।