ट्याक्टर चलाएर भोट माग्दै हेमा मालिनी

ट्याक्टर चलाएर भोट माग्दै हेमा मालिनी


बलिउडकी चर्चित अभिनेत्री तथा भारतीय जनता पार्टीकी उम्मेदवार हेमा मालिनीले भोट माग्न नयाँ तरिका अपनाएकी छिन् । लोकसभा चुनाव २०१९ मा मथुराबाट उम्मेदवारी दिएकी हेमा मालिनीले भोटरहरूलाई आकर्षण गर्न ट्याक्टर चलाएकी हुन् । हेमा मालिनीले ट्याक्टर चलाएको तस्बिर छोरी इसा देओलले सेयर गरेकी हुन् ।

मथुराको माट विधान सभाबाट चुनाव लड्दै गरेकी हेमा ट्याक्टर चलाएर जनताबीच पुगेकी थिइन् । साथै उनले खेतमा ट्याक्टर चलाउँदै भारतीय जनता पार्टीलाई भोट दिन आग्रह गरेकी थिइन् । सो अवसरमा हेमाले खेतबाट आलु उठाउँदै चुनाव जितेपछि आलुको उचित मूल्य दिलाउने बताइन् ।

केही समय पहिले भोट माग्ने क्रममै हेमा मालिनी खेतमा पुगेकी थिइन् । हेमाले त्यहाँ कृषकसँगै गहुँसमेत काटेकी थिइन् । जुन तस्बिर सोसल मिडियामा भाइरल भएको थियो । त्यस्तै, अहिले हेमा ट्याक्टर चलाएर पुनः खेतमा पुगेपछि उनलाई हेर्न थुप्रै मथुराका जनता सो स्थानमा पुगेका थिए ।