सरितासँग सटकट कुरा -राजन घिमिरे

सरितासँग सटकट कुरा -राजन घिमिरे


० तपाईंलाई मनपर्ने तीन व्यक्ति ?
– तीन मात्र छैनन्- चारजना छन् बुबा, आमा, मेरो श्रीमान् ऋषि लामिछाने र छोरी ।
० बाहिर खुल्ला बजारमा के खानुभएको छ ?
– झापामा स्कुल पढ्दा चटपटे खुवै खान्थेँ, त्यो मनपर्छ ।
० बाहिर हिँड्दा पर्समा कति पैसा बोक्नुहुन्छ ?
– त्यो काम हेरेर आवश्यकताअनुसार हुन्छ । कहिले एक सय मात्र पनि हुन सक्छ ।
० तपाईं पूर्वजन्ममा विश्वास गर्नुहुन्छ ?
– अलिअलि गर्छु, हुन्छजस्तो लाग्छ, म पहिले पनि जन्मेकी थेँ जस्तो लाग्छ ।
० मरेपछि कहाँ पुगिन्छ ?
– स्वर्ग-नर्क कसैले देखेको छैन, भन्ने मात्र हो- मरेपछि शून्य हो ।
० राति सुत्ने समय, बिहान उठ्ने समय ?
– प्राय: ११ बज्छ, काम भएको दिनमा काम हेरेर नभएको बेलामा प्राय: सात बजे ।
० अहिलेसम्मको राम्रो सपना ?
– त्यो सपना मलाई अनौठो लाग्छ- जुनबेला मेरी छोरी पेटमा रि्थ्य, मैले मेरोअगाडि ठूलो र्सर्ूय देखेकी थिएँ, आँखा खोलेर हेर्दा पनि त्यो अगाडि नै देखिरहेँ, त्यही हो ।
० अहिलेसम्मकै डरलाग्दो सपना ?
– देखिरहन्छु, त्यति याद गर्दिनँ ।
० पुरुषको कुन अङ्ग मनपर्छ र किन ?
– आँखा, किनभने पोजेटिभ/नेगेटिभ हेर्ने पनि आँखा नै हो ।
० सबैभन्दा खुसीको क्षण ?
– सधैं खुसी नै छु, यो नै भन्ने छैन । भन्नुपर्दा छोरी नै होस् भने मनमा थियो छोरी नै जन्मँदा धेरै खुसी लाग्यो ।

जियाको करिअरमा नलाग्ने भो खिया
एक समय निकै आलोचित भइन् नायिका जिया केसी । आफूले अभिनय गरेका चलचित्रहरू वषौर्ं भइसक्दा पनि रिलिज नहुँदा आफ्नो फिल्मी क्यारियर के हुने हो वा कुन मोडमा गएर टुङ्गिने हो – उनी विचलित भएकी थिइन् । त्यतिबेला उनलाई भनियो, ‘जियाको फिल्मी क्यारियरमा अब लाग्ने भयो खिया ।’
तर अहिले आएर भने जियालाई राहत मिलेको छ । अभिनय गरेका चलचित्रहरू रिलिज मात्र हुने भएका छैनन् कि नयाँ-नयाँ सिनेमामा पनि उनी एकपछि अर्को गर्दै व्यस्त हुन थालेकी छिन् । उनको क्यारियरमा एउटा संयोग पनि मिलेको छ कि उनलाई पहिलोपटक चलचित्र ‘हो यही माया हो’ मार्फत निर्देशक दीपक श्रेष्ठले चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए भने पछिल्लोपटक अर्थात् सोमबारदेखि छायाङ्कन सुरु गरिएको चलचित्र ‘पुरानो हुँदैन माया’ मा पनि जिया नै अनुबन्धित भएकी छिन् । यसैगरी जियाले हालै अर्को चलचित्र ‘भेडीगोठ’को छायाङ्कन पनि सकाएकी छिन् । यतिबेला सिनेमा क्षेत्रमा निकै उत्साहित देखिएकी जियाको एकसाथ तीन चलचित्र हो यही माया हो, आफ्नै मनलाई सोधिहेर र अग्निसाक्षी गरेर तीनवटा चलचित्र पर््रदर्शनमा आउँदै छन् । ‘अबचाहिँ म आलोचनाबाट थोरै भए तापनि मुक्त हुन्छ कि जस्तो लाग्न लागेकी छु । कुरा काट्नेहरूको मुख त थुन्न सकिन्न तर पनि मेरो विरोध गर्नेहरूका अगाडि काम गरेर देखाउने अवसर पाएकी छु,’ जियाको गुनासो छ ।

दुई जिउकी सञ्चितालाई दहीचिउरा
‘भदौ महिनामा नायिका सञ्चिता लुइँटेल आमा बन्दै छिन्’ अहिले यो कुराले चलचित्र बजार गरम भएको छ । तर, सञ्चिताको श्रीमान् भनिएका नायक निखिल उप्रेती भने यतिबेला कहाँ छन् ? सबै अनविज्ञता प्रकट गर्छन् ।
आफ्नी श्रीमती दुई जिउकी रहँदा उनकै वरिपरि श्रीमान् रहनुपर्ने हो । तर, निखिल कहिले सुटुक्क मुर्म्बईबाट नेपाल आउँछन् त कहिले नेपाल आउँदा सुटुक्क लुकेर बस्छन् । किन यो अवस्था आइपुग्यो ? त्यसो त निखिललाई पनि यतिबेला समस्या नै छ । आफ्नी पहिलो धर्मपत्नी कोपिला र उनबाट जन्मिएको छोरालाई पनि उनले त्याग्न सकेका छैनन् । यसरी सिनेमामा जस्तो दोहोरो भूमिका निभाउनतिर व्यस्त निखिल गत साता सुटुक्क नेपाल आए । दर्ुबईमा छायाङ्कन हुने एक नयाँ चलचित्रको लोकेसन हेर्नका लागि यो चलचित्रका निर्देशक जगदीश्वर थापासँग दर्ुबई पनि गएका उनी नेपाल फर्किएको सम्म थाहा भयो । तर, त्यसपछि उनी पुन: मुर्म्बई फर्किए कि यतै छन् – थाहा हुन सकेको छैन । एक समय सबैको मन, मस्तिष्क अनि ज्रि्रोमा बस्न सफल निखिल यतिबेला गुमनाम छन् । किन उनी आफ्नो क्रियाकलाप गुपचुप राख्न चाहन्छन् र लुकिलुकी हिँड्छन् – कुरा बुझिसक्नु छैन ।
नायक निखिल उप्रेतीको यता यस्तो अवस्था छ भने उता यो साता अर्की गर्भवती नायिका अरुणिमा लम्सालले सञ्चितालाई आफ्नै घरमा बोलाएर अन्य केही नायिकाहरूका साथ दहीचिउरा खुवाएकी छिन् ।
नेपाली परम्पराअनुसार आफन्तहरू दुई जिउकी भएमा दहीचिउरा खुवाउने परम्परा छ । त्यही परम्पराअनुरूप सञ्चितालाई अरुणिमाको घरमा रेखा थापा, उषा पौडेल, रेजिना उप्रेती र ऋचा घिमिरेले संयुक्त रूपमा दहीचिउरा खुवाएका थिए ।
आफ्ना समकालीनहरूले यसरी माया दिएकोमा सञ्चिता पनि कम खुसी देखिएकी थिइनन् । तर, बिचरी सञ्चितालाई के थाहा त्यही समाचार वा त्यहाँ भएका सबै क्रियाकलाप उता निखिलकी जेठी श्रीमती कोपिला उप्रेतीसमक्ष बारम्ब्ार पुगिरहेको थियो । तर, यो कुराको थोरै भेउ पनि राख्न सकिनन् सञ्चिताले ।
आफ्नी पहिली धमीपत्नी अनि बच्चालाई राम्रो शिक्षादीक्षा दिँदा एउटा बाबुको कर्तव्य पूरा भएको भनिने नेपाली समाजमा निखिलले त्यो कर्तव्य पूरा गरे वा गरेनन् – त्यो हामीलाई थाहा भएन तर हामीले हेर्दा सुखमय परिवार देखिने निखिलको पहिलो परिवार अनि चाँडै हुन लागेको दोस्रो परिवारलाई उनले कसरी मिलाएर राख्लान् – त्यो हेर्न बाँकी नै छ । हामी भने यति मात्र भन्न सक्छौँ कि दुई जोईको पोइ कुना बसी रोईचाहिँ नहोस् ।