प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सिफारिस


एक दिनअघि रिक्त हुन पुगेको निर्वाचन आयोगको प्रमुख आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरिएको छ । आज (सोमबार) बसेको संवैधानिक परिषद्को बैठकले थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलिया आयोगको प्रमुख आयुक्त पद हासिल गर्न विशेष रुपले क्रियाशील रहेका समाचार सार्वजनिक भएको परिवेशमा संवैधानिक परिषदले यस्तो निर्णय लिएको हो ।