ब्याडमिन्टनका अर्याल हङकङमा सम्मानित

ब्याडमिन्टनका अर्याल हङकङमा सम्मानित


अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याललाई हङकङ ब्याडमिन्टन संघले सम्मान गरेको छ । अर्याललाई संघका अध्यक्ष हेमराज राईले कदर पत्रद्वारा सम्मान गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणमा विगत ३७ वर्षदेखि कार्यरत अर्याल ब्याडमिन्टन एसियाको आयोजनामा हङकङमा जारी तोङ युन काई कप ब्याडमिन्टन एसिया मिक्स टिम च्याम्पियनसिप प्रतियोगितामा लाइनजजको भूमिका निर्वाह गरिरहेका छन् । अर्याललाई हालै मात्र विश्व ब्याडमिन्टन महासङ्घले एसियाली र विश्वस्तरको प्रतियोगिताका लागि लाइनजजको भूमिका निर्वाह गर्नका लागि मान्यता प्रदान गरेको छ ।

लाइनजजको मान्यता प्राप्त गरेपश्चात्को अर्यालको यो उक्त भूमिकामा पहिलो प्रतियोगिता हो । सोही अवसर पारेर हङकङ ब्याडमिन्टन संघले अर्याललाई सम्मान गरेको हो । संघले अर्याललका साथै भारतका तीन र नेपालका भबिलका पूर्वखेलाडी एवं प्रशिक्षक जयनारायण चौधरीलाई समेत सम्मान गरेको हो ।

सो अवसरमा संघका अध्यक्ष राई, संस्थापक सदस्य हेमप्रताप गुरुङले यस्तो ठूलो प्रतियोगितामा अर्यालको सहभागिताले नेपाली गौरवान्तित बनाएको बताए ।