सिआईबीका निलम्बित डीएसपी पनि अदालतमा हाजिर

सिआईबीका निलम्बित डीएसपी पनि अदालतमा हाजिर


निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणसँग अभियुक्त तुल्याएका पात्रहरु धमाधम अदालत हाजिर हुने र धरौटीमा छुट्ने उपक्रम जारी छ । यस क्रममा सिआईबीका निलम्बित डीएसपी अंगुर जिसी सोमबार जिल्ला अदालत कन्चनपुरमा उपस्थित भएका छन् ।

जिसीमाथि पनि निर्मला प्रकरणमा प्रमाण नष्ट गरेको, अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएको लगायतका आरोप छन्।

गत मंगलबार अदालतमा उपस्थित भएका एस्पी डिल्लीराज बिष्ट दश लाख धरौटीमा छुटिसकेका छन् भने डिएस्पी जिसी पनि सहजै धरौटीमा छुट्ने अनुमान गरिएको छ ।