अन्तरकलेज बास्केटबलको उपाधि टाइम्सलाई

अन्तरकलेज बास्केटबलको उपाधि टाइम्सलाई


टाइम्स इन्टरनेसनल कलेजले ह्वाइटहाउस अन्तरकलेज यू–१८ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा टाइम्सले जेभियर इन्टरनेसनल कलेजलाई ६८–३८ ले सहजै पराजित ग¥यो । टाइम्सका जसमान तामाङले २० अंक जोडेका थिए ।

पहिलो क्वार्टरमा १९–९ को अग्रता लिएको टाइम्सले अन्तिमसम्म अग्रतालाई जोगाइराख्दै जित अन्तरलाई फराकिलो बनायो । टाइम्सले दोस्रोमा १६–१४, तेस्रोमा २६–११ र चौथोमा ७–४ अंक जोड्यो । टाइम्सका जसमान तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगिताभर ६५ स्कोर गरेका जेभियरका सुनिल थापा सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिना र आयोजक हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजका प्रिन्सिपल युवराज शर्माले पुरस्कृत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष तिम्सिनाले बास्केटबलको गतिविधिलाई व्यापक बनाउन शैक्षिक क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै विद्यालय तहकै खेलकुदबाट प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएकोले यस्ता गतिविधिलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे । प्रतियोगितामा ८ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।