लुम्बिनी ट्रक यातायातको अध्यक्षमा पुनः खरेल

लुम्बिनी ट्रक यातायातको अध्यक्षमा पुनः खरेल


लुम्बिनी ट्रक यातायात व्यवसायी संघ भैरहवाको आठौँ साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा पुनः बिष्णुप्रसाद खरेल निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न चौथो अधिवेशनमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा मधुसुदन आचार्य, प्रथम उपाध्यक्ष सुनिलराज विष्ट, उपाध्यक्षमा ओमप्रकाश थारु, महासचिवमा रुमाखर गौतम, सचिवमा लिलाप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा वसन्तराज भट्टराई, सदस्यमा रविन खरेल, सुरेन्द्रकुमार पटेल, राजबिहारी जैसवाल, अमित थापा, दलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् भने लेखा समिति संयोजकमा सन्तराम पाण्डेसहित रामकुण्डल यादव र एकनारायण पाण्डे पनि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत जगतबहादुर रायमाझीले जानकारी दिए ।

यसैगरी, लुम्बिनी ट्रक यातायात व्यवसायी संघको आठौँ साधारणसभा तथा चौथो अधिवेशनबाट भैरहवा संवाददाता पुनहरि बेल्बासे सम्मानित भएका छन् । लुम्बिनी ट्रक यातायात व्यवसायी संघलाई परेका समस्यालाई समाधान गर्न समाचारका माध्यमबाट सहयोग गरेको भन्दै पत्रकार बेल्बासे सम्मानित भएका हुन् । संघले हरेक अधिवशनमा उत्कृष्ट पत्रकारलाई सम्मानित गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै संघका गतिविधिलाई सञ्चारमाध्यमबाट जनमानसमा पुऱ्याउन सहयोग गरी संस्थाको हितमा कलम चलाएको भन्दै पत्रकार बेल्बासेलाई सम्मान गरेको हो । सम्मानित बेल्बासेलाई नगद, प्रमाण पत्र र खादाले सम्मान गरिएको थियो ।

लुम्बिनी ट्रक यातायात व्यवसायी संघ सिद्धार्थनगरको आठौँ साधारण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य रुपन्देही क्षेत्र नम्बर ३ (क) का सांसद् सन्तोषकुमार पाण्डेले राजनैतिक ऐजेन्डाले मात्रै व्यवसायीका समस्या समाधान नहुने भन्दै व्यवसायीहरुलाई परेका समस्यालाई वैज्ञानिक ढङ्गबाट अध्ययन गरेर समाधानको बाटो खोज्नुपर्ने बताएका थिए ।

व्यवसायी संघ संस्थासँग छलफल नै नगरी एकलौटी रुपमा मनोमानी ढङ्गबाट व्यवसायीमाथि निरङ्कुस शासन लाद्ने काम गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आरोप लगाए । गाडि दुर्घटना हुँदा राज्यबाट बिमा वापत ३ लाख रकम दिन्छ तर घाइतेका आफन्तले ६०/७० लाखको माग गर्दा समितिले तिर्नुपर्ने जस्ता समस्याले व्यवसायमा कठिनाई निम्त्याको बताउँदै भारतीय ओभरलोड बोकेका गाडीले नेपालका ट्रक व्यवासयीलाई धरापमा पारेको तर्क पनि उनले गरे ।

महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाट, नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठ, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँ, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, नेपाल कम्युनिष्ट पार्टी रुपन्देही सचिवालय सचिव पम्फा खनाल, पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधिराम खरेल, यातायात प्रालिको तर्फबाट गोकर्ण पराजुली, संघीय समाजवादी फोरम सिद्धार्थनगरका अध्यक्ष अर्जुन जैसवाल, नेपाली काङ्ग्रेसका क्षेत्रीय उपाध्यक्ष पुरन श्रेष्ठ, सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यकुमार सारुमगर, राष्ट्रिय प्रजातन्त्रपार्टीका अजयकुमार गुप्ता, नारायणी ट्रक यातायात व्यवसायीका अध्यक्ष हिराण्डलाल श्रेष्ठ, राप्रपा संयुक्तका कैलाश गुरुङ, उद्योगी शशी न्यौपाने, सुरक्षित यात्रा नेपालका कृष्णप्रसाद बेल्बासे, स्वतन्त्र मजदुर संघ प्रदेश नं. ५ का अध्यक्ष कृष्ण कँडेललगायतले सो अवसरमा मन्तव्य राखेका थिए ।